शिक्षा बहुउद्देश्यीय सहकारीको नाफा ८ लाख १२ हजार

  प्रकाशित मिति
८ आश्विन २०७५, सोमबार ०९:३८


विर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा सञ्चालित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७४÷०७५ मा ८ लाख १२ हजार ३३२ रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी नाफा गर्न संस्था सफल भएको हो । अघिल्लो वर्ष करपछिको नाफा २ लाख ३१ हजार दुई रुपैयाँ थियो । यस वर्ष संस्थाले २ लाखबढी कर बसझाएको छ । संस्थाको करअघिको सञ्चालन नाफा १० लाख १५ हजार ४१४ रुपैयाँ रहेको छ ।

संस्थाले आ. व. ०७४÷०७५ मा व्याजलगायतका शीर्षकमा १ करोड ५० लाख ४४ हजार १७५ रुपैयाा आम्दानी गरेको छ भने १ करोड ४० लाख २८ हजार ७६० रुपैयाँ खर्च गरेको छ ।
आइतबार विर्तामोडको अग्रसेन भवनमा सम्पन्न छैठौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयरपूँजी १ करोड २७ लाख ९३ हजार ८०० पुगेको छ । सो वर्ष संस्थाले ५ करोड ८२ लाख ३८ हजार ५१५ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ५६ लाख ४८ हजार १७७ रुपैयाँ ऋण लगानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा ऋण लगानी २५.७२ प्रतिशतले र निक्षेप संकलन २० प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । चालु आ. व. मा ऋण लगानी ४० प्रतिशत बृद्धि गरी लगभग १० करोड ५९ लाख पुर्याउने र वचतमा पनि ४० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

सहकारीको माध्यमबाट शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित सो संस्था अघिल्लो वर्ष मात्र बहुउद्देश्यीयमा रुपान्तरित भएको थियो । संस्थालेआगामी शैक्षिक सत्रदेखि सानो तहमा भए पनि शिक्षालय सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष न्यौपानेले बताए । ‘शिक्षालय सञ्चालनकै लागि भनेर संस्थाले केही जग्गा खरिद गरेको छ भने केही जग्गा दानमा प्राप्त गरेको छ’, उनले भने– ‘शिक्षालय सञ्चालन संस्थाको प्रमुख उद्देश्य नै हो, विविध कारणले केही ढिलो भएको मात्र हो ।’

उपाध्यक्ष कमला श्रेष्ठले स्वागत र सचिव दीपेश द्यौरालीले सञ्चालन गरेको समारोहमा यस वर्षको शिक्षा सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार राजु पाठकलाई पुरस्कृत गरियो भने कारोबारमा उत्कृष्ट सदस्यहरुलाई सम्मानित गरियो । ……..हजार नगदसहित पुरस्कृत पत्रकार पाठक विर्तामोडबाट प्रकाशित मेचीखबर साप्ताहिका सम्पादक हुन् ।

सम्मानित हुनेहरुमा संस्थाको मुख्य कार्यालय अन्तर्गत रुक्म दाहाल (आवधिक), प्रस्तुति चौहान (शिक्षा) र दीपक मण्डल (ऋणी), दुहागढी सेवाकेन्द्र होमकुमार राजवंशी (आवधिक), फूलमाया लिम्बू (शिक्षा) र तिलक विश्वकर्मा (ऋणी), शनिश्चरे सेवाकेन्द्र अन्तर्गत गोपाल कार्की (आवधिक), प्रजय विष्ट (शिक्षा) र गीता बुढाथोकी (ऋणी), दर्गापुर सेवाकेन्द्रअन्तर्गत रामबहादुर श्रेष्ठ (आवधिक), अभिषेक शिवाकोटी (शिक्षा) र कल्पना कोइराला (ऋणी) रहेका छन् भने उत्कृष्ट प्रवद्र्धकको रुपमा हर्क सुब्बा, सुरेशकुमार कार्की र रामबहादुर कटुवाल, साधारण वचततर्फ भगिरथ बराल, एकमुष्ट मुद्दतितर्फ भावना हिङमाङलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीको रुपमा दुर्गापुर सेवाकेन्द्रकी बजार प्रतिनिधि दीपा कट्टेल पुरस्कृत भएकी छिन् । उनीहरुलाई प्रमुख अतिथि ढकाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

संस्थामा हाल २०४३ सदस्य रहेका छन् । त्यसमा पुरुषको संख्या ९९४, महिलाको संख्या १०४१ र संस्थागत सदस्य संख्या ८ रहेको छ ।

समारोहमा प्रमुख अतिथि कार्कीले सहकारीलाई उद्देश्यअनुरुप सञ्चालन गर्न सबै सहकारीकर्मीलाई आग्रह गरे । उनले निम्नवर्गका लागि सहकारीहरु आशा र भरोसाको केन्द्र रहेको उल्लेख गरे । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद मिश्र, सहकारी निरीक्षक डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंक विर्तामोड शाखा प्रमुख सविना वस्नेत, इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी कृष्णप्रसाद कोइराला, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पत्रकार तीर्थ सिग्देल, संस्थाको लेखा समितिका पूर्व सदस्य लीला बराल, हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पृथ्वी ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: