शिक्षा सहकारीका सदस्यलाई रगत निःशुल्क

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १३:१८


झापा, २६ मंसिर । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले शल्यक्रिया गर्दा चाहिने रगत निःशुल्क पाउने भएका छन् ।

रगतका लागि चाहिने रकम सहकारी संस्थाले उपलब्ध गराउने भएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सदस्यलाई निःशुल्क रगत उपलब्ध गराइने बताए ।

‘शिक्षासँग स्वास्थ्य’ कार्यक्रम अन्तरगत यसवर्षदेखि सहकारी संस्थाले सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउन लागेको छ । ‘रगतमा लाग्ने शुल्क अब शिक्षा बहुउद्देश्यीय सहकारीले व्यहोर्छ’, अध्यक्ष न्यौपानेले भने, ‘हाम्रा सबै सदस्यले यसै वर्षदेखि यो सुविधा प्राप्त गर्नेछन् ।’

उनले रेडक्रससँग समन्वय गरेर रगत उपलब्ध गराइने पनि बताए । शिक्षा सहकारीमा आवद्ध सदस्यले सर्पदंशबाट पीडित हुँदा पनि उपचार सहयोग पाउने भएका छन् । यसका लागि ‘सर्पको टोकाई शिक्षाको दवाई’ कार्यक्रम अघि सारेको छ ।

यो कार्यक्रम अन्तरगत सर्पदंश पीडित सदस्यलाई उपचारका लागि दुई हजार ५ सय रुपैयाँ दिइने संस्थाका सचिव दीपेश धौरालीले बताए ।

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा हाल २ हजार ७ सयको हाराहारीमा सदस्य छन् । संस्थामा १ करोड ८५ लाख भन्दाबढी शेयर पूँजी छ । शिक्षा सहकारीले झापाको मेचीनगर स्थित धाइजन, अर्जुनधाराको शनिश्चरे र कनकाईको दुर्गापुरमा रहेका तीनवटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तिय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: