शिक्षा सहकारीले शिकोप निकेतन मन्टेश्वरी सञ्चालन गर्ने

  प्रकाशित मिति
२४ मंसिर २०७७, बुधबार १८:१०


झापा, २४ मंसिर । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित बिर्तामोड स्थित शिक्ष बहुउद्देश्यीय सहकारी संस्थाले आ.व. २०७६÷०७७ मा २४ लाख ४४ हजार १५६ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्थाले करिब २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

बुधबार संस्थाकै सभाहलमा संक्षिप्त रुपमा आयोजना गरिएको आठौं साधारण सभा समापनका अवसरमा संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा संस्थाले कर बुझाएर २३ लाख २१ हजार ९४८ रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।

संस्थाले कोभिड–१९ को जोखिम कायमै रहेकोले न्यून उपस्थितिमा साधारणसभा सम्पन्न गरेको थियो । यसअघि सेवा केन्द्रस्तरमा साधारण सभासँगै प्रतिवेदनमाथि छलफल भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोनाको त्रासकाबीच पनि शिक्षा सहकारीले सबै वित्तीय सूचकमा उल्लेख्य प्रगति गर्न सकेको भन्दै संस्थाको प्रशंसा गरेका थिए ।

सचिव दिपेश द्यौरालीले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदन अनुसार आ.व. २०७६÷०७७ को अन्त्यसम्ममा संस्थाले ९ करोड ८२ लाख ८ हजार ५८ रुपैयाँ वचत संकलन गरेको छ भने लगानीमा रहेको ऋण ११ करोड ६९ लाख २ हजार २७१ रुपैयाँ छ ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट वचतकर्ता, ऋणी, बाल वचतकर्ता, प्रवद्र्धक र कर्मचारी गरी २२ जनालाई नगद तथा दोसल्लासहित सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद मिश्र, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका सल्लाहकार समितिका संयोजक ज्ञानुराम प्रसाईं लगायतले शुभकामना व्यक्त गरेका थिए । स्वागत सञ्चालक सदस्य चिजा राईले गरेकी थिइन् ।

संस्थाले उद्देश्य अनुरुप आउँदो शैक्षिक सत्रदेखि शिक्षा शिकोप निकेतन मन्टेश्वरी सञ्चालनमा ल्याउने अध्यक्ष न्यौपानेले बताए । अघिल्लै वर्ष सबै पूर्वाधार तयार भए पनि कोभिड–१९ का कारण सञ्चान हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: