शिखरको निक्षेप एक अर्ब नाघ्ने

  प्रकाशित मिति
३० कार्तिक २०७३, मंगलवार १२:५२


20161114_120756_resized-1

विर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्था (शिखर साकोस)ले यस वर्ष निक्षेपमा दोब्बर वृद्धि गरी एक अर्ब ३ करोड ४ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।

गत आव २०७२÷०७३ मा संस्थाले ५४ करोड ७५ लाख ७३ हजार रुपैयाँ निक्षेप सङ्कलन गर्न सफल भएको थियो । बचत, कृषि, व्यापार लगायतका विविध क्षेत्रमा लगानी गरिरहेको शिखर साकोसको सोमवार सम्पन्न छैठौ वार्षिक साधारण सभामा अध्यक्ष दिपेन्द्र राउतले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त लक्ष्य उल्लेख छ ।

गत आवमा १ करोड ७३ लाख शेयर पूँजी रहेको यस संस्थाले यस आवमा सोमा वृद्धि गरी २ करोड ३० लाख पुर्याउने लक्ष्य लिएको छ ।
२०६७ सालमा स्थापना भएको यस संस्थाको सोमवार सम्पन्न छैठौ साधारण सभामा सहकारी विभागका उपरजिस्टार नारायणप्रसाद ज्ञवाली प्रमुख अतिथि थिए भने जिल्ला सहकारी डिभिजन झापाका प्रमुख दुर्गाप्रसाद न्यौपाने, जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकाल, जिविसका सामाजिक विकास अधिकृत हिमराज सेढाइँ, विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम कार्की, स्पार्क पूर्वाञ्चल अस्पतालका अध्यक्ष शिव ढुङ्गेल, हेयर स्टाइलिस्ट निल डेभिड लगायतका अतिथि थिए ।

कार्यक्रममा अध्यक्ष राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि र भावी योजना सुनाएका थिए । प्रतिवेदनमा संस्थागत विकासका लागि संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, सातैदिन कारोबार गरिरहेको एवम् सन्ध्याकालीन सेवा प्रदान गरिने, मोवाइल बैंकिङ सेवा सुरु गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लगायतकाु चर्चा गरिएको छ ।

यस्तै सामाजिक विकासका क्षेत्रमा विगतमा गरिएका कामहरूलाई निरन्तरता दिँदै संस्थाका सदस्यका छोराछोरीले प्रवेशिका परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेका दुई जना छात्रछात्रालाई जनही ५ हजार रुपैयाँ पुरस्कृत गर्ने प्रस्तावमा उल्लेख छ ।

बाल बचतकर्ताको जन्म दिनमा कोशेली उपहार लिएर घरमै जाने, संस्था परिवारमा सुत्केरी भएमा शिशु स्याहारका लागि एक हजार रुपैयाँ उपलब्ध गराउने लगायतका कार्यक्रमहरू शिखर साकोसले अघि सारको छ ।

विर्तामोडमा केन्द्रीय कार्यालय रहेको संस्थाको ४ सेवा केन्द्र रहेका छन् । विर्ताबजारमा संस्थाले नमुनाको रुपमा शिखर बजार सञ्चालन गरिरहेको छ ।

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: