शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले बाजी मारेको छ । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार चन्द्र बहादुर शेर्माले ४ हजार ४ सय ५५ मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानालाई पराजित गर्नुभएको हो ।
एमालेका शेर्माले १३ हजार ४ सय ३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका ढुङ्गानाले ८ हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पंकज भुर्तेलले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार जय कुमारी चेम्जोङ्गलाई ५ हजार १ सय ११ मतले पछि पार्दै नेकपा एमालेका भोजकुमारी नेपालले उपप्रमुख पद आफ्नो पक्षमा पार्नुभएको छ ।
नेपालले १३ हजार ४ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चेम्जोङ्गले ८ हजार ३ सय ६१ मत प्राप्त गर्नुभयो ।