शिवाकोटी र बस्नेत केन्द्रीय सदस्य

  प्रकाशित मिति
१८ फाल्गुन २०७६, आईतवार २०:५४


विर्तामोड । नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको सदस्यमा झापाबाट सुधिरकुमार शिवाकोटी र गोपालकुमार बस्नेतलाई मनोनित गरेको छ ।

शिवाकोटी नेपाली काङ्ग्रेस झापाका पूर्व सभापति, संविधानसभा सदस्य हुन् भने बस्नेत पूर्व सचिव हुन् ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले शनिबार केन्द्रीय समिति विस्तार गरी केही आमन्त्रित केन्द्रीय सदस्य थप गरेको नेपाली काङ्ग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईंले जानकारी दिए ।

यसैगरी, काङ्ग्रेसले विभागहरु पनि गठन गरेको छ । काङ्ग्रेसले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभागको जिम्मा दिएको छ ।

त्यसैगरी, गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको जिम्मा दिँदा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जनसम्पर्क विभाग, अजय चौरसियालाई तराईमधेश विभाग र शङ्कर भण्डारीलाई तरुण विभागको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: