शिव बचाउन सहयोग जुट्दै

  प्रकाशित मिति
५ पुष २०७४, बुधबार १८:३५


धुलावारी । शिव कुँवर बचाउ अभियानले हालसम्म ३ लाख २० हजार रुपैयाँ सहयोग सङ्कलन गरिसकेको जनाएको छ ।

मेचीनगर–१० का शिव कुँवर दुबै मिर्गौला खराबीका कारण अस्वस्थ भएपछि उनको जीवन बचाउन युवा समाजसेवी प्रकाश खड्काको संयोजकत्वमा १०१ सदस्यीय अभियान समिति गठन गरिएको छ ।

कुँवरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग जुटाइएको हो । उपचारका लागि धुलावारीस्थित इस्ट होराइजन अङ्ग्रेजी माविले १ लाख २० रुपैयाँ बुधवार अभियानलाई हस्तान्तरण गरेको छ ।

यसैगरी, विर्तामोडको कन्काई क्याम्पसबाट ८५ हजार ३८५ रुपैयाँ, धाइजनको सीताराम सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ३३ हजार ९६५ रुपैयाँ, धुलावारी चोकका व्यापारीहरुले २२ हजार २५० रुपैयाँ, विर्तामोडको मज्जा ग्रुपले १८ हजार ३६० रुपैयाँ र ललितपुरकी सङ्गीता कुँवरले ६ हजार रुपैयाँ उपचार सहयोग प्राप्त भएको अभियानका संयोजक खड्काले जानकारी दिए ।

मेचीनगरको पारिजात महिला समूहबाट ५ हजार, मेचीनगरकै प्रगति टोलबाट १० हजार, धुलावारी माविका विद्यार्थीबाट ३ हजार ८४७ र गरामनीको दुर्गा माविबाट ९ हजार ११० रुपैयाँ सहयोग जुटेको छ ।
मिर्गौला रोगबाट पीडित कुँवरको उपचारमा जुटेको सहयोग मिर्गौला प्रत्यारोपणमा खर्च गरिने बताइएको छ ।
सहयोग गर्न इच्छुकहरुले शिव कुँवर बचाउ अभियानको नाममा धुलावारीस्थित एनआइसी एसिया बैङ्कमा खोलिएको ‘सी ९८७६९०७०४५२४००१’ नम्वरको खातामा सोझै रकम जम्मा गर्न सकिने अभियानले जनाएको छ ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: