शुक्रबारबाट कनकाईमा महिला फुटबल

  प्रकाशित मिति
२६ जेष्ठ २०७३, बुधबार १२:१७


कनकाई । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा जेठ २८ देखि ३१ गते सम्म महिला फुटवल खेल खेलाइने भएको छ ।
झापा जिल्लामा महिला खेलाडीहरुको अभावलाई पूर्ति गर्न खेल आयोजना गरिएको खेल आयोजक समितिका संयोजक दुर्गा प्रसाईले जनाए ।

बुधबार प्रतिष्ठानका अध्यक्ष ज्योती उप्रेतीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा खेल सम्पन्न गर्न दुई लाख रुपैंयाँ बढी खर्च हुने अनुमान गरिएको बताइयो ।

खेलमा सतासीधाम स्पोटिङ क्लब, महारानी गञ्ज मावि, झिलझिले स्पोटिङ क्लब, जलथल फुटबल क्लब, सनसाइन क्लब, सैनिक स्पोटिङ क्लब, केरखा फुटबल क्लब र आयोजक टीम सहभागि रहने सचिव छवि थपलियाले जनाए । खेलको उद्घाटन सांसद प्रेमबहादुर गिरीले गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका उपाध्यक्ष राजकुमार कट्टेलले जनाए । खेलमा प्रथम हुने टीमलाई प्रदान गरिने ५१ हजार रुपैंयाँको महिला सांसद अम्बिका राजवंशीले प्रायोजन गरेको प्रतिष्ठानका सहसचिव भीम भट्टराईले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: