झापा जिल्ला मेचीनगर वडा नं. १५ रघुवीरबाडीमा जन्मनु भई सामाजिक तथा राजनीतिक सेवामा आजीवन व्यतित गर्नुभएका मेरा परमपूज्य श्रीमान अरुण कुमार बुढाथोकीको यही मिति २०७६ माघ ५ गते आइतवारका दिन ६१ वर्षको उमेरमा भएको असामयिक स्वर्गारोहणले हामी सबैलाई मर्माहत तुल्याएको छ । उहाँको स्वर्गवास भएको आज १३ औं दिनको पुण्यतिथिमा दिवङ्गत आत्माको चिर शान्तिको प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
यस दुःखको घडीमा हामीलाई समवेदना, सहानुभूति एवम् सान्त्वना व्यक्त गर्नुहुने सम्पूर्ण महानुभाव, राजनीतिक दल, राजनीतिक व्यक्तित्वहरु, सामाजिक सङ्घ संस्था तथा शुभचिन्तकहरुमा हृदयदेखि नै आभार व्यक्त गर्दछौं ।
साथै, उहाँको तेह्रौ दिनको पुण्यतिथि आज पर्न गएको हुँदा २०७६ माघ १७ गते शुक्रवार (आज) विहान ११ बजे निजी निवास, मेचीनगर–१५, रघुवीरबाडी (झापा)मा हुने शुद्ध्याई कार्यमा उपस्थित भइदिनु हुन सम्पूर्ण मलामिजन, छरछिमेकी, कुलकुटुम्ब, इष्टमित्र र शुभेच्छुकहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
प्रार्थी :
श्रीमती : नमिता बुढाथोकी एवम्, समस्त बुढाथोकी परिवार
(मेचीनगर–१५, झापा)