शेयर सदस्यको मृत्युपछि दुई लाख ऋण मिनाहा

  प्रकाशित मिति
७ मंसिर २०७७, आईतवार १६:३२


मेचीनगर, ७ मङ्सिर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरका शेयर सदस्य ज्ञानबहादुर लिम्बुको निधन भएकोमा परिवारको दुई लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको छ ।

संस्थाका अध्यक्ष भानु दंगालसहितको टोलीले आज स्व. लिम्बुको मेचीनगर–५ त्रिवेणी टोलस्थित निवासमै पुगी ऋण मिनाहाको पत्र परिवारलाई दिएको हो ।

स्व. लिम्बुकी पत्नी पुनम लिम्बुलाई ऋण मिनाहा पत्र हस्तान्तरण गरिएको अध्यक्ष दंगालले जानकारी दिए ।

आज स्व. लिम्बुको शुद्याई कार्य सम्पन्न भएको छ ।

संस्थाले काजकिरिया खर्च वापत ५ हजार रुपैयाँ समेत मृतकका परिवारलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: