शेरधनको जवाफी कार्वाही : भीम आचार्यसहित १५ प्रदेश सांसदलाई निलम्बन घोषणा

  प्रकाशित मिति
१६ पुष २०७७, बिहीबार १५:२८


झापा, १६ पुस । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भीम आचार्यसहित १५ सांसद्लाई निलम्बन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गर्ने क्रम जारी छ ।

मुख्यमन्त्री राईले आचार्यसहित १५ प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेको आजै घोषणा गरेका छन् ।

प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरे लगत्तै काउन्टरमा राईको यो निर्णय आएको हो । नेपाल समूहबाट भीम आचार्यलाई दलको नेता चयन गरिएको थियो ।

यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका थिए भने आइतबार राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: