मेचीनगर । आसम डाउन टाउन युनिभर्सिटीको पहिलो अन्तर्राष्ट्रिय ‘जब एण्ड करियर फेयर’ (मेला) आगामी साउन २७ गते र २८ गते राजधानीमा आयोजना हुने भएको छ । यस मेला आसम डाउन टाउन युनिभर्सिटीको सहयोगमा अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा हुन लागेको हो ।
लक्ष्मी एजुकन कन्सल्टेन्सीको प्रायोजन रहेको यस शैक्षिक मेला मुलुकमा व्याप्त बेरोजगार न्यूनीकरण गर्न रोजगारीको खोजीमा रहेका शिक्षित युवायुवतीलाई लक्षित गरेर आयोजना गरिएको आयोजकले बताएको छ ।
एसईईपछि तीन बर्षीय डिप्लोमा, स्नातक तथा स्नातकोत्तर पढेका विद््यार्थीलाई रोजगारी दिनका लागि नेपाल र भारतका विभिन्न कम्पनीका रोजगारदाता मेलामा उपस्थित हुनेछन्् । भारतको प्रतिष्ठित कम्पनी रिलायन्स जिओ र ¥याडिसन होटेल मेलामा सहभागी हुनेछन्् भने ती कम्पनीले मेलामा नै रोजगारका लागि जनशक्ति छनोट गर्नेछन्् ।
त्यसैगरी, नेपालका सिप्रदी, श्रद््धा, क्लासिटेक, डीटीएस, बिरला टायर, सुविसु, डिसहोम, यामाहा जस्ता प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहनेछ । यस मेलामा पाँच हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।