शोकलाई सचेतनामा बदलौँ

  प्रकाशित मिति
१२ फाल्गुन २०७२, बुधबार ०४:३३


माछा मार्न करेन्टको जथाभावी प्रयोगले अनाहकमा ज्यान जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । सोमवार उत्तरी झापाको बालकल्याण माविमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी कमल विष्टले सोही कारणबाट मृत्युवरण गर्न पुगे । यसै वर्ष एसएलसी दिने तयारी गरिरहेका होनहार विद्यार्थी कमल विहान अङ्ग्रेजी विषयको सेन्डअप परीक्षामा सहभागी भएर घर फर्किएका थिए । तर माछा मार्ने मोहले उनलाई जीवन नै समाप्त हुने दुखद् दुर्घटनाको मुखमा पु¥यायो । विगत वर्षमा यस्तै प्रकृतिका दुर्घटना झापामा धेरै भइसकेका छन् । विद्यार्थी कमलको मृत्युले माछा मार्न करेन्टको प्रयोग रोक्नेतर्फ सबैलाई गम्भीर हुन सचेत गराएको छ ।

माछा मार्न खोलानालामा विद्युतीय करेन्टको प्रयोग गैरकानूनी कार्य हो । कानूनी हिसावले मात्र होइन, वातावरणीय हिसावले त यसलाई नरोक्ने हो भने माछाका रैथाने प्रजाति लोप नै भएर जाने खतरा छ । तर अब सवाल माछा वा जलचरको संरक्षणसँग मात्र जोडिएको छैन, माछाको शिकार गर्न चाहने मानिस नै दुर्घटनाको शिकार बन्ने व्रmम बढ्दै गएकोले मानवीय सुरक्षाका दृष्टिले यो विषय प्रमुख चिन्ताको विषय भएको छ । यकिन तथ्याङ्क त हामीसँग छैन, तथापि बर्षेनी कम्तीमा १० जनाको यस्तै दुर्घटनामा मृत्यु भएको समाचार प्रकाशित गर्नु परिरहेको छ ।

कमल विष्टको दुखद् मृत्युको घटनाले करेन्ट लगाएर माछा मार्ने गलत विधि अब बालवालिकाले समेत प्रयोग गर्न थालेको पुष्टि हुन्छ । मृत्युको मुखमा पु¥याउने यस्तो कार्यमा बालवालिका आकर्षित हुन नदिन अभिभावक, शिक्षक र वालवालिकाको हितमा लागेका सङ्घ संस्थाहरूले सचेतनामूलक सार्थक अभियान सञ्चालन गर्नै पर्ने आवश्यकता टड्कारो भएको छ । यस्तो अभियान सञ्चालनमा स्थानीय निकाय, प्रहरी, सामुदायिक संस्था, विद्यालय लगायतको भूमिका महत्वपूर्ण बन्न सक्छ । करेन्टको यस्तो दुरुपयोगलाई शून्यको स्थितिमा पु¥याउन सके आगामी दिनमा अरु ‘कमल’हरूको जीवन जोगाउन सकिनेछ । अल्पायुमै जीवन गुमाएका कमल विष्टप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको मृत्युवरणबाट उत्पन्न शोकलाई सचेतनामा बदल्न हामी आह्वान गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: