श्रीकृष्णाष्टमी पर्वको सन्देश (हे कृष्ण)

  प्रकाशित मिति
४ मंसिर २०७२, शुक्रबार ०३:०४


हे कृष्ण सुन्न पाए मुरली रन्को

दुःख पीर हट््नेथ्यो Untitled-1 copyकि यो मनको ।
यो पंक्ति एक लोकप्रिय भजनको अंश हो । यहाँ संसारका समस्त दुःख–वेदना, पिर चिन्ता हटाउने जादू (सामथ्र्य) भएका भगवान् श्रीकृष्णको मुरलीधुन सुन्ने तीब्र इच्छा व्यक्त गरिएको छ । हो, उनै सबैलाई आकर्षित गर्ने, मोहित पार्ने, मुक्तिदाता भगवान् श्रीकृष्णको जन्मोत्सवको रुपमा मनाइने हिन्दूहरूको पावन तथा महान पर्व हो– श्री कृष्ण जन्माष्टमी । यस दिन योगेश्वर भगवान् श्री कृष्णप्रति अगाध आस्था र श्रद्धा अर्पण गर्न पर्वोत्सवका रुपमा प्रशिद्ध छ ।
श्रीकृष्णाष्टमी पर्व हरेक वर्ष भाद्रकृष्ण अष्टमीका दिन पर्दछ । यस
दिन भगवान् श्रीकृष्णको विशेष पूजा–आराधना गरिन्छ । यस दिन पाटनको मंगलबजारस्थित कृष्णमन्दिर र अन्य कृष्णमन्दिरहरूमा पूजा तथा दर्शनका लागि श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दछ । घर–घरमा भजन कीर्तन, पूजन, व्रतादिद्वारा रातभर जाग्रम बसेर धुमधामसँग मनाइन्छ । हिन्दू धर्मका आराध्यदेव योगेश्वर श्रीकृष्णलाई भगKrishna copy वान् विष्णुको आठौं अवतार प्रेमावतार मानिन्छ । उहाँलाई सच्चिदानन्दमय परब्रह्म पूर्ण परमात्मा मानिन्छ । कृष्ण शब्दको अर्थ नै मोहित पार्ने, आकर्षित पार्ने, मुक्तिदाता हुन्छ । त्यसैले कृष्ण तत्व परम् तत्व हो । कृष्ण तत्वका ज्ञाता योगीहरूका अनुसार कृष्ण तत्वलाई जानिसकेपछि प्राणीले पुनर्जन्म लिइरहनु पर्दैन, जन्ममरणबाट मुक्त भई परम गति प्राप्त गर्दछ ।
आजभन्दा ५,००० वर्ष अघि द्वापरयुगमा भाद्रकृष्ण अष्टमीमा मथुराको जेलमा बसुदेव र देवकीको पुत्रका रुपमा श्रीकृष्णको जन्म भएको थियो । उहाँको नाम, रुप अनन्त भएपनि कृष्ण, बासुदेव, गोविन्द, गोपाल, नन्दलाल, केशव, माधव, मुकुन्द आदि नाम प्रशिद्ध छन् । जब–जब संसारमा धर्मको ह्रास र अधर्मको बृद्धि हुन्छ तब उहाँ धर्मको संस्थापनार्थ र साधु–सज्जनहरूको रक्षाका लागि यस धरतीमा अवतरित हुने कुरा उहाँले गीतामा– ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत, अभ्युत्थानम् धर्मस्य तदात्मानं सृज्याम्यहम् । परित्राणाय साधुनां विनाशाय च दुष्कृताम धर्म संस्थापनार्थाय संभवामि युगेयुगे ।। भनी उल्लेख गर्नु भएको छ ।
उहाँलाई जन्मनासाथ कंशको हत्याबाट बचाउन गोकुलको नन्दगोपका घरमा (यशोदा–नन्दका) पु¥याइएको थियो । जहाँ भव्यताका साथ जन्मोत्सव मनाइएको थियो, जुन भागवत कथा वाचनका क्रममा नन्दोत्सवका रुपमा अत्यन्त उत्साही र आनन्दमय ढंगले वर्णन गर्ने गरिन्छ । उहाँको रुप अति उज्यालो कान्ति भएको अत्यन्त मनोहर वर्ण थियो । आफ्ना वालसखा ग्वालाहरू भएका वालगोपाल, मुरलीधर श्रीकृष्णले बाल्यकालमा सबैलाई चकित पार्ने अलौकिक लीला गर्नुभयो । उहाँले वाल्यावस्थामै अत्याचारी कंशको वध गर्नुको साथै ग्वालिनीहरूको मखन–दही चोरी खाने बाललीला, यमुनाको पानीलाई विषाक्त बनाई र गोठाला तथा गाई (पशु) हरूलाई दुःख दिने कालिया नागको शीरमा क्रीडा गरी त्यसलाई दमन गर्नु, गोपीनीहरूसंग राशलीला, इन्द्रले घोर वर्षा गर्दा सात दिनसम्म गोवर्धन पर्वत एक हातले उचालेर गोकुलबासी र गाईको रक्षा गर्नुको साथै इन्द्रको घमण्ड चुर पार्नु जस्ता अनेक विचित्र लीला गर्नुभयो । त्यस्तै अधर्मी र अन्यायी कौरव र सत्यवादी पाण्डवबीच भएको महाभारत संग्राममा धर्मका पक्षमा उहाँले साथ दिनु भई पाण्डवहरूलाई बिजय गराउनुभयो । भगवान्ले दुर्योधनको चौरासी व्यञ्जन (परिकार) त्यागी विदुरको सादा खाना (साग र भात) ग्रहण गरेर अन्यायले बटुलेको धनभन्दा इमान्दार एवम् परिश्रमपूर्वक आर्जन गरेको अन्नादि धनबाट निर्मित भोजन नै ग्रहणयोग्य हुन्छ र त्यसबाट सुख–शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण दिनुभयो । अर्थात् कुनै पनि पदार्थबाट प्राप्त हुने मिठास्ता त्यसको (पदार्थको) विशेषतामा नभई जहाँ भावको मधुरता हुन्छ, जहाँ श्रद्धा, प्रेम र पवित्रता हुन्छ त्यहीं प्राप्त हुन्छ भन्ने बोध गराउनु भएको छ । अर्जुनलाई सर्वोपरि महिमा भएको गीताज्ञान (उपदेश) दिनुभयो । युधिष्ठिर र उद्धवलाई लोकहितकारी पाठ सिकाउनुभयो । उहाँले (योगेश्वर श्रीकृष्णले) सम्पूर्ण वेद, उपनिषद्हरूको सार मानिने श्रीमद्भगवद्गीतामा ज्ञान, भक्ति र कर्मयोगको शिक्षाद्वारा सत्मार्ग तर्फ प्रेरित गर्नु भई शाश्वत सुख–शान्तिको अनुभव गरेर अन्त्यमा परम पद (मोक्ष) को प्राप्ति हुने उपदेश दिनुभएको छ ।
वैदिक दर्शनको अमूल्य निधि श्रीमद्भगवद्गीतालाई योगेश्वर भगवान् श्रीकृष्णको साकार रुप मानिन्छ । यसमा (पवित्र ग्रन्थ गीतामा) निष्काम कर्मयोगद्वारा सदैव कर्मशील बन्न निर्देशन गरिएको छ । निष्काम भावबाट गरिएको कर्म नै सुकर्म बन्दछ । कामना र आशक्तिबाटै कर्म दुषित हुन्छ । कामना र आशक्ति नै बन्धनको कारण हो भनिएको छ । त्यस्तै ज्ञान र भक्तिको पनि आ–आफ्नो स्थानमा उत्तिकै महत्व हुने बताइएको छ । द्रव्यमय यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ ।
ज्ञानबाट सर्बोपरि कल्याण प्राप्त हुन्छ । समस्त दोष अहंकारादिको ज्ञानाग्निबाट भष्म हुन्छ र पाप र पुण्यको पहिचान हुन्छ, जसबाट परमात्माको स्वरुपको ज्ञान भई मोक्ष प्राप्त हुन्छ । भक्ति उपासनाको बारेमा भगवानले जो भगवानको आश्रय लिई अनन्य भावले चिन्तन गरी भगवानको उपासना (भजन) गर्दछ त्यसलाई अप्राप्त बस्तु दिने र प्राप्त वस्तुको संरक्षण गरिदिने आश्वासन दिनुभएको छ । गीताको अन्तिम (अठारौं) अध्यायमा भनिएको छ– जहाँ योगेश्वर श्रीकृष्ण छन्, (श्रीकृष्णको प्रेरणा छ), धनुर्धरी अर्जुन (गीता ज्ञानको पालना) छन्, त्यहाँ लक्ष्मी, वैभव र विजय हुन्छ । त्यही नै शाश्वत जीवन हो । गीता स्वयम् भगवानको मुखमण्डलबाट निस्किएको वाणी भएकोले यसलाई राम्रोसँग (श्रद्धापूर्वक) अध्ययन गरे अन्य अनेकौं शास्त्रहरूको अध्ययन गरिरहनुपर्दैन भनेर आत्मज्ञानी सन्तहरूले भनेका छन् । कसै–कसैले युद्धतर्फ प्रवृत्त हुन प्रेरित गरिएको गीताज्ञान किन आवश्यक छ ? भन्ने गरेको पनि पाइन्छ । संग्रामका निमित्त दिइएको उपदेश के सशस्त्र युद्धका लागि हो भन्ने प्रश्न पनि उठ्न सक्छ । यहाँ के बोध हुनु जरुरी छ भने हामी सबैका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यरुपी छ शत्रु छन्, यिनैका विरुद्ध युद्ध लडिरहेका छौं । यिनीमाथि विजय प्राप्त गर्ने ज्ञान–कौशलता प्राप्त गर्नु नै गीतापाठ–अध्ययनको (उपदेशको) उद्देश्य हो । जीवनसंग्राममा अज्ञानरुपी शत्रुमाथि जित हासिल गरेर आत्मविजय गर्न आज हरेक व्यक्तिका लागि गीता ज्ञान अपनाउन जरुरी छ । न कि जसको प्रयोजन सशस्त्र युद्धका लागि होस् ।
भनिन्छ– वृन्दावनविहारी, लिलाधारी श्रीकृष्ण साक्षात् नारायण भगवान विष्णुको आठौं अवतार मानिनु भएता पनि उहाँमा श्री विष्णुमा भन्दा चार कला बढी पाइन्छ, ती हुन्– रुपमाधुर्य, प्रेममाधुर्य, वंशीमाधुर्य र लीलामाधुर्य । उहाँको रुप सौन्दर्य (सुन्दरता) को वर्णन गर्न उपमाका लागि यस सृष्टि रचनाका वस्तुको अभाव छ भने मानव मात्रलाई शिक्षा ज्ञान र प्रेरणा प्राप्त हुने लीला अनन्त छन् । मानिस मात्र नभई पशु–प्राणी, कीट–पटङ्ग, वृक्ष सबैलाई मन्त्रमुग्ध पारेर चैतन्यता प्रदान गर्ने वंशी (मुरली) धुनको गुणगान अवर्णनीय छ भने उहाँ (श्रीकृष्ण) की आल्हादिनी शक्ति राधाका साथ गोपिनीहरूसँग वृन्दावनमा राशलीला गरेर सबैलाई आनन्द प्रेमरसका लागि आकृष्ट गर्ने प्रेमावतार (प्रेम स्वरुप) श्री कृष्णको सबैका लागि ग्रहणयोग्य छ । प्रेम यथाः गोपीनां अर्थात् प्रेम गोपीनीहरूको जस्तो होस् भनेर इतिहासमा गोपी प्रेम प्रशिद्ध छ । जुन आफ्नो सुखका लागि नभएर प्रेमीको सुखका लागि आफूलाई समर्पण गरिने प्रेम थियो । गोपिनीहरू आफ्ना प्रियतम् श्यामसुन्दर श्रीकृष्णको सुखका लागि आफू जस्तोसुकै दुःख भोग्न पनि तयार बनेको उदाहरण समेत पाइन्छ । भगवान्ले एकपटक परीक्षणका (आफ्ना रानी र गोपीनीहरूको) लागि आफ्नो पेट र शीर दुःखेको र पाउको धुलोले मात्र ठीक हुनेछ भनेर भन्नुहुँदा भगवानलाई (आफ्ना पति) लाई त्यसो गर्दा नरक जाने (दुःख पाउने) डरले रानीहरूले उक्त कार्यका (पाउको धुलो दिन) लागि अग्रसर भएनन्÷मानेनन् । तर उक्त खबर सुन्नासाथ गोपीनीहरूले यदि वालगोपालका पीडा शान्त हुन्छ भने सयौं जुनी नरक जान आफूहरू तयार भएको बताएका थिए र तुरुन्त आफ्नो पाउको धुलो दिएका थिए । उनीहरू सदासर्वदा मुरलीधर श्रीकृष्णको चरणाविन्दलाई आफ्ना हृदयमा राख्न चाहन्थे । जब कि उनीहरूको स्तनमा स्पर्श हुनाले श्रीकृष्ण भगवान्को पाउमा कुनै पीडा नहोस् भनेर हतारले होइन, विस्तारै गर्दथे भनिएको छ ।
यता भगवानले गोपीनीहरूप्रति गर्नुभएको प्रेममा पनि कुनै वासना थिएन, केवल उनीहरूको उद्धारको भावना थियो । निःस्वार्थ प्रेम थियो । साँचो प्रेममा केही लिइँदैन, दिइन्छ मात्र । आजभोलि मान्छेको प्रेम वासनाका लागि हुने गरेको र व्यक्ति एक अर्कालाई स्वार्थवश प्रेम गर्ने गरेको पाइन्छ । आजको स्वार्थी र बासनायुक्त संसारलाई प्रेमपाठ सिकाउन (अर्थ बोध गराउन) पनि भगवानको प्रेम माधुर्य (प्रेमलीला) कला अमृततुल्य औषधि र उपयोगी शिक्षा बनेको छ । प्रेम आशक्ति र वासनायुक्त हुनुहुँदैन, प्रेमभाव स्वाभाविक हुनुपर्छ । रागात्मकता हैन विराग हुनुपर्छ प्रेममा । हामी सबैको परिवार, पति–पत्नीप्रति स्वभाविक प्रेम हुनुपर्छ, जुन कर्तव्य पनि हो तर त्यहाँ आशक्ति हुनुहुँदैन । जसबाट ठुलो आध्यात्मिक क्षति हुन्छ । स्वभाविक प्रेममा सद्भावना हुन्छ, विवेक र जागरण हुन्छ, जसबाट लौकिक तथा पारलौकिक कल्याण प्राप्त हुन्छ । आशक्तियुक्त प्रेममा जसले काम क्रोध, लोभ, राग आदि मोह विकार उत्पन्न गराउँछ, जुन वासनायुक्त हुन्छ । प्रेमावतार भगवानले प्रेमलीलाको माध्यमबाट यसैतर्फ सचेत गराउनु भएको छ । अतः रागद्वैष, घृणा, इष्र्या, कलह, वासना आदि दुर्विचारले ग्रस्त आजको मानव समाजमा मुक्तिदाता, प्रेमावतार परमात्माप्रति अनन्य श्रद्धा, भक्ति, प्रेम अर्पण गरी समर्पित बनेर सबैको हित, कल्याण एवम् समृद्धिको कामना गरेर सबैप्रति प्रेम, मैत्री र सद्भाव कायम गर्ने प्रेरणा प्राप्त गर्नु नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनुको सार्थकता हुनेछ ।
चबतलबदबकलभतट२ नmबष्।िअयm

– See more at: http://purwanchalnationaldaily.com/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%b8/#sthash.DKqn71Hl.dpuf

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: