कल्पबृक्ष कृषि सहकारीले गर्यो तीनजनालाई सम्मान

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १७:०८


धुलाबारी, २६ मंसिर । मेचीनगरको कल्पबृक्ष कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभामा तीन जनालाई सम्मान गरिएको छ ।

जिल्ला सहकारी संघ झापाका पूर्व अध्यक्ष हरिचरण बानियाँ प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका पुराना शेयर सदस्य तथा ज्येष्ठ नागरिक धनेन्द्र खनाल, उत्कृष्ट कर्मचारी भानुभक्त मिश्र र बजार प्रतिनिधि सावित्रा पोखरेललाई सम्मान गरिएको हो । खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मिश्र र पोखरेललाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षमा विहीबार संस्थाकै सभाहलमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष टीकाराम पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष अधिकारीले बार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन लेखा संयोजक भानुभक्त खतिवडाले पेश गरेका थिए ।

वि.सं. २०६४ सालमा स्थापना भएको सहकारीमा हाल कूल पूँजी ६९ लाख ७४ हजार ४ सय रहेको छ भने ऋण लगानी २ करोड ६ लाख ६ रुपैयाँ गरेको लेखा संयोजक खनालले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कूल एक हजार चार सय १२ जना शेयर सदस्य रहेको संस्थामा महिला शेयर सदस्य ५६२ जना र पुरुष ८२९ जना रहेका छन् ।

सहकारीले कोभिड महामारीकै बीचमा आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले समयमै ऋण रकमको किस्ता बुझाएमा १० प्रतिशत सहुलियत प्रदान गरेको अध्यक्ष अधिकारीले बताए ।

संस्थाले यसै आर्थिक बर्षदेखि शेयर सदस्यहरुलाई मोवायल बैङ्किङ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष थिन्कु नेम्वाङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: