झापा । थप ७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस सम्मेलनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार अछाम जिल्लामा पहिलो पटक कोरोना केस पुष्टि भएको छ ।
सेती अस्पतालमा भएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बर्दिया गुलरियाका तीन पुरुषमा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालमा भएको परीक्षणमा २ जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ ।
१ जना पर्सा जिराभवानीका हुन् भने अर्का काठमाडौँ घर भई बाराको कलैया बस्ने २८ वर्षीय पुरुष छन् ।
१ जनाको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
वीरगंजको नेशनल मेडिकल कलेजमा जेठ ४ गते निधन भएका एक जनाको एकसातापछि आएको रिपोर्टमा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । मृत्यु हुनेको संख्या ४ पुगेको छ ।