संक्रमित १५ हजारबढी, मृतकको संख्या ३२ पुग्यो

  प्रकाशित मिति
१९ असार २०७७, शुक्रबार १९:१२


मेचीनगर । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।

यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
थप एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ ।

काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो ।

उच्च रत्तचाप र पार्किन्सनका बिरामी उनी छाती दुख्ने र पिसाब कम भएको भन्दै अस्पताल गएका थिए ।

आईसीयूको आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: