संग्रौलाले प्रचण्डलाई किन देखे भिजेको मुसोजस्तो ?

  प्रकाशित मिति
२७ असार २०७७, शनिबार १०:५१


मेचीनगर । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला पछिल्लो समयमा सामाजिक सञ्जालमा खुबै छाउने गरेको छन् ।

प्रायः उनी सत्ताधारीहरुलाई शब्दको तिखो बाँण प्रहार गर्ने गर्छन् ।

अझ संग्रौला प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक हुन् । उनी ओलीलाई विभिन्न उपमा दिने गर्छन् ।

तर, संग्रौला पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पनि आलोचक भएका छन् ।

यसैबीच, संग्रौलाले प्रचण्डलाई भिजेको मुसोको संज्ञा दिँदै केही समयअघि ट्विट गरेका छन् ।

प्रचण्ड माधव नेपाल र झलनाथ खनालसामु बाघको रुपमा प्रश्तुत भए पनि ओलीको सामु भने भिजेको मुसो सरह हुने गरेको उनको आरोप छ ।

संग्रौलाले प्रचण्डको व्यक्तित्वमा विरोधाभास रहेको दाबी गर्दै ओलीसामु उनी झुक्ने गरेको आरोप लगाएका छन् ।

‘कुरो यसो बुझियो है । पुष्पकमल दाहाल माधव–झलनाथ सामु बाघको औतारमा प्रस्तुत हुन्छन् ।

जब खड्गप्रसाद सामु हाजिर हुन्छन्, उनी गरूडको छाया परेको सर्पझैँ लत्याकलुतुक गलिहाल्छन’, उनले लेखेका छन्, ‘सिंहासन ताक्नु र सिंहासनधारीसामु भिजेको मुसो सरी पामर हुनु पुष्पकमलको व्यक्तित्वको उग्र विरोधाभास हो ।’

(फरक धारबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: