मेचीनगर, २३ असोज । मेचीनगरको चारआलीमा क्रियाशील झापा उद्योग वाणिज्य संघको शाखा आजदेखि औपचारिक रुपमा मेची उद्योग वाणिज्य संघमा गाभिने भएको छ ।
व्यवसायीहरुको मेचीनगरस्तरीय छाता संस्था मेची उद्योग वाणिज्य संघ भएको हुँदा चारआली शाखालाई समायोजन गर्न लागिएको संघका प्रमुख प्रशासकीय अधिकृत गोपाल बस्नेतले बताए ।
शुक्रवार अपरान्ह अढाई बजे मेची उद्योग वाणिज्य संघको सभाहलमा समायोजन कार्यक्रम राखिएको उनले जानकारी दिए ।
संघको चारआली शाखा साविकको दुहागढी गाउँ विकास समितिका व्यवसायीहरुको हक हितका लागि स्थापना भएको थियो ।
दुहागढीलाई मेचीनगरमा गाभिएपछि संघ पनि समायोजनमा गएको हो ।
मेचीनगरमा धेरै पहिले काँकरभिट्टा र धुलावारीमा अलगअलग संघ थिए । अझ धुलावारीमै दुईवटा संघ अस्तित्वमा रहे पछि सबैलाई क्रमशः समायोजन गरिदै लगिएको इतिहास पाइन्छ ।
केही महिना अघिदेखि व्यवसायीहरुकै हकहितका लागि मेची चेम्बर्स अफ कमर्स मेचीनगरमा स्थापित भएको छ ।