संविधान कार्यान्वयनमा जोड

  प्रकाशित मिति
१४ आश्विन २०७३, शुक्रबार १६:०६


suvas-nembang

धुलाबारी, १४ असोज । पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुभासचन्द नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्रिय जेसीजको क्षेत्र ‘क’ सम्मेलनलाई शुक्रबार धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक दलहरुलाई आ– आफ्ना अडान छाडेर संविधान कार्यान्वयनमा जुट्न आग्रह गरेका हुन् ।

img-20160930-wa0000

उनले नेपालको संविधान विश्वकै उत्कृष्ट र जनता मैत्री भएको दाबी गर्दै भने–‘२००७ सालदेखिको जनताको चाहना र भावनाको मूर्तरुप लिने समावेशी संविधान निर्माण भएको छ, यसलाई तत्काल कार्यान्वयन गर्नुको विकल्प छैन ।’
उनले केही असन्तुष्ट पक्षले संविधान कार्यान्वयन गर्न नदिने र सामाजिक सद्भाव खल्बल्याउन विभिन्न भ्रम फिजाउने काम भइरहेको बताउँदै भने–‘समाजमा अनुशासन स्थापित गर्नै नेतृत्व विकास गर्न र मानव समुदायको विकास गर्न जेसीजले खेलेको भूमिका प्रशंसनीय छ त्यसैले त्यस्ता सद्भाव खल्बल्याउने तत्वलाई चिर्दैन संविधान कार्याव्यनमा जेसीजले अहम् भूमिका खेलोस् ।’
उनले पूर्व मेचीदेखि पश्चिम महाकाली र तराइदेखि पहाडसम्म शासन व्यक्तिको होइन विधिको मान्नुपर्छ भन्ने जेसीजको नारालाई आत्मसात गर्दै अघि बढ्न सम्पूर्ण जेसीजकर्मीलाई आग्रह गरे ।

उनले सम्बोधनका व्रmममा अहिलेको संविधान महिला मैत्रीको भएको दाबी गर्दै भने–‘राष्ट्रपति, सभामुख र प्रधानन्याधीश पनि महिला नै छन् ।’

उनले नेपालमा प्रधानमन्त्री मात्र महिला हुन बाँकी रहेकाले त्यसका लागि पनि पहलकदमी गर्न महिलाहरुलाई आग्रह गरेका थिए ।

त्यसैगरी, नेपाल जेसीजका मनार्थ सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संविधानको पुस्तक घुमाएर मात्र समृद्ध नेपाल बन्न नसक्ने बताए ।

शुक्रबारबाट सुुरु भएको सम्मेलन शनिबार समापन हुने धुलाबारी जेसीजका अध्यक्ष लीलाप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: