संविधान दिवसमा सरसफाई

  प्रकाशित मिति
३ आश्विन २०७५, बुधबार ११:१३


काँकरभिट्टा । संविधान दिवसको अवसर पारेर बुधबार झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्र काँकरभिट्टा बजारको सरसफाई गरिएको छ । मेचीनगर— ६ नम्बर वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल, सशस्त्र प्रहरी , विभिन्न सामाजिक संघ संस्थाहरुले सहभागिता जनाएका थिए ।

टोलीले बसपार्क, मुख्य राजमार्गको दुवै साइड, बाहुनडाँगी रोड, भन्सार तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सरसफाई गरेको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिनुभयो । संकलित फोहोरलाई नगरपालकिाको ट्याक्टरले उचित व्यवस्थापन गरेको थियो ।
वडाले विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई फोहोरको उचित व्यवस्था गर्न आग्रह गर्दै डष्टविन राख्न अनिवार्य गरेको छ । आफ्नो व्यवसायबाट उत्पदित फोहोरको उचित व्यवस्थापन गर्ने जिम्मा व्यवसायीको भएकाले यसो नगरे वडाले कारवाही गर्ने बताइएको छ ।

वडाकार्यालयले संविधान दिवसको पूर्वसन्ध्यामा मंगलबार दीप प्रज्वलन गरेको थियो । वडा कार्यालय परिसरमा वडाध्यक्ष ललितबहादुर तामाङले दीप प्रज्वलन गरेपछि सहभागी सवैले आफ्नो हातले मत दिएर पठाएका जनप्रतिनिधिहरुले नै यो देशको मुल कानुन लेखेको भन्र्दै सर्वसाधारणले खुशी व्यक्त गरे । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले मुलुकका सवै राजनीतिक दलहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर संविधान कार्यान्वयनमा एकजुट हुन आग्रह गरेका थिए । नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय उपसभापति हर्क फियाक नेकपाका नेता राजु दाहाललगायतले बोलेका थिए ।

वडा सचिव इन्दिरा खरेल ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाअध्यक्ष तामाङले सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: