संविधान दिवस मनाउन ५०१ को समिति

  प्रकाशित मिति
१ आश्विन २०७४, आईतवार १५:४१


भद्रपुर । नेपालको तेस्रो संविधान दिवस २०७४ झापाका विविध कार्यक्रमहरु गर्दै यहि असोज २,३ र ४ गते भव्यताका साथ मनाउने निर्र्णय गरिएको छ ।

जिल्ला समन्वयन समिति झापाका प्रमुख सोमनाथ पार्तेलको अध्यक्षतामा चन्द्रगढीमा आइतबार सम्पनन वैठकले विविध कार्यक्रमहरु गर्दै सो दिवस मनाउने निर्णय गरेको हो ।

वैठकले सोमबार झापाका सम्पूर्ण सरकारी कार्यालयहरुको सरसफाई गर्ने, मंगलबार चन्द्रगढीमा प्रभात फेरीका साथ शुभकामना अदान प्रदान संगै प्रवचन गर्ने र ४ गते बुधबार कोटी होममा रहेका वृद्धावृद्धहरुलाई फलफूल वितरण गर्नुका साथै दिपावली समेत गर्दै दिवस सम्पन्न गर्ने निर्णय गरिएको छ ।

सोहि अवसरमा दिवसलाई भव्य र सभ्य गरी सफलपार्न विभिन्न संघ संस्था लगायतका कार्यालय तथा निकायहरुका सदस्य रहने गरी जिल्ला समन्वयन समितिको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ ।

वैठकमा स्थानीय विकास अधिकारी खेमराज ओझा, विभिन्न राजनितिदलका प्रतिनिधिहरु, गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु तथा सरकारी कार्यलयका प्रतिनिध प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: