संविधान पूर्ण रुपमा कार्यान्वयन नगरे सरकार नटिक्ने– खरेल

  प्रकाशित मिति
१५ आश्विन २०७३, शनिबार १८:०४


agni

गौरादह । जनताले बनाएको संविधान बर्तमान सरकारले पूर्ण रुपमा कार्यान्वयन नगरे सरकार नटिक्ने कुरा पूर्व न्याय कानुन तथा संसदीय मामला मन्त्री अग्नी खरेलले बताए ।

खरेलले भने देशको कठिन परिस्थितिमा ओली नेतृत्व सरकार गठन भएको तर कसैका सामु शिर नझुकाएको बताउँदै तत्कालीन सरकारले जनपक्षीय काम गरेर सरकारबाट बाहिरिएको बताए ।

झापाको गौरादह नगरपालिका–७ स्कुलचौन स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै पूर्व मन्त्री अग्नी खरेलले सो कुरा बताएका हुन् ।

मनमोहन नेतृत्व सरकारले वृद्ध भत्ताका साथै गाउँ गाउँमा सहकारीको अवधारण ल्याएको स्मरण गर्दै अहिले सहकारी एउटा आन्दोलन भएको बताए । देशको अर्थतन्त्रको आधार सहकारीहरु भएको बताउँदै खरेलले भने चेतना विस्तारको माध्यमका साथै समाज परिवर्तनका सम्वाहकहरु सहकारीहरु हन् । वर्तमान संविधानले पनि सहकारीका पक्षमा बोलेको छ । ओली नेतृत्वको सरकारले कृषिमा बढी लगानी गर्ने योजना बनाएको थियो ।

कृषक र कृषिमा आधारित बजेटलाई वर्तमान सरकारले पनि लागू गर्ने कुरामा आफू विश्वस्थ भएको बताए । खरेलले भने शहरबाट प्रविधिजन्य उत्पाद लिएर गाउँ छिरेका मालबाहक साधनहरु अब गाउँबाट शहर फिर्दा गाउँको उत्पादन लिएर शहर छिर्नु पर्छ ।

स्कुलचौनस्थित स्कुलचौन माविको प्राङ्गडमा महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिना ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन मिना ढकालले र लेख प्रतिवेदन लेखा संयोजक कृष्णकुमारी दाहालले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा साना किसान अवार्ड पुरस्कार गोमा चिमरिया र जयप्रसाद चुँडाललाई प्रदान गरिएको थियो । विभिन्न शीर्षकमा उत्कृष्ट हुने ३४ शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले गौरादह नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्ले, कृषि बैज्ञानिक रामा श्री शाह, गोविन्द आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा भूमिका उप्रेतीको स्वागत र गोमा सुवेदीले सञ्चालन गरेकी थिइन् ।
त्यसै गरि गौरादह समुदायिक कृषि सहकारी संस्थाको नौऔँ वार्षिक साधारण सभा पनि शनिबार सम्पन्न भयो । गौरादह स्थित अतिथि सदन सामुदायिक भवनमा संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेको सभापतित्व र झापा जिल्ला सहकारी संघका सदस्य अर्जुन दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेले र लेखा प्रतिवेदन लेखा संयोजक बलराम अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा ३५ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गोविन्दबहादुर खड्काको मन्तव्य रहेको थियो भने देवीमाया श्रेष्ठको स्वागत गरेकी थिइन् । कार्यक्रम देवेन्द्रकुमार खड्काले संचालन गरेका थिए ।

त्यसै गरि गौरादह–१२ जुरोपानी स्थित साना किसान कृषि सहकारी संस्थाको पनि १७ औँ वार्षिक साधारण सभा शनिबार नै सम्पन्न भयो । संस्थाका अध्यक्ष नवराज लुईंटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साना किसान विकास बैँक विर्तामोडका प्रबन्धक गणेशप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण अध्यक्ष नवराज लुईंटेलले र लेखा प्रतिवेदन लेखा संयोजक भूमिराज पोख्रेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न शीर्षकमा उत्कृष्ट हुने १८ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम मैयाकुमारी दाहालले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: