संविधान संशोधन आवश्यक छैन

  प्रकाशित मिति
३ आश्विन २०७३, सोमबार ११:५२


Exif_JPEG_420
चन्द्रगढी । प्रथम संविधान दिवस २०७३ को अवसरमा एक दिने प्रवचन कार्यक्रम झापाको चन्द्रगढीमा सम्पन्न भएको छ ।

संविधान दिवस जिल्ला समारोह समिति झापाको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सांसद पे्रम गिरीले ९० प्रतिशतमाथिका सांसदहरुको वहुमतले प्राप्त भएको संविधानले सवैका हक अधिकारलाई सुनिश्चित गरिएकोले पुनः संविधान संशोधन गर्न आवश्यक नरहेको वताए ।

उनले वर्तमान सरकार संविधान कार्यान्वयन गर्नुको सट्टामा शंसोधनको प्रक्रियामा जान लागेको भन्दै संविधान संशोधन भन्दा कार्यान्वयन महत्वपूर्ण हने भएकोले कार्यान्वयनका लागि राजनीतिक दलहरु विचको एकता आवश्यक रहेको उल्लेख गरे ।

स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पारेका थिए ।

प्रवचन कार्यक्रममा संविधानको आवश्यकता र महत्वको विषयमा कानुन व्यावसायी सुरज खत्रीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सांसद मनकुमार गौतम, एमालेका जीवन श्रेष्ठ ,नेपाली काँग्रेस झापाका उपसभापति राम कार्की ,माओवादी केन्द्रका ज्योतिसिंह दर्लामी लगाएतले प्रतिवेदन माथि टिप्पणी गर्दै नेपालको संविधान विश्वमा उत्कृष्ट संविधान रहेकाले यसको कार्यान्वयन हुनु पर्नेमा जोड दिए ।

यस अगाडि झापाका सरकारी कार्यालयका कर्मचारी, प्रहरी, विद्यालय विद्यार्थीहरु स्काउट, राजनीति दलका प्रतिनिधि लगायतको सहभागीतामा चन्द्रगढी लेखनाथ चोकदेखि सुरु भएको प्रभात फेरी जिविस हलमा पुगेर प्रवचनमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: