संसद अवरोधकाबीच हतारमा एमसीसी पास भयो : अग्नि खरेल

  प्रकाशित मिति
२४ फाल्गुन २०७८, मंगलवार १८:४४


किच्चकवध, २४ फागुन । नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलले सत्ता गठबन्धनका दलहरुले संसद अवरुद्वका बेला हतारमा एमसीसी पास गरे बताएका छन् ।
मंगलबार एमाले भद्रपुरको नगर सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी समिति सदस्य समेत रहेका खरेलले त्यस्तो बताएका हुन् ।

उनले १४ जना सांसदलाई कारवाही नगरेसम्म संसद अवरुद्व रहने बताए । ‘सत्ताका गठबन्धन दलहरुले संसद अवरुद्वका बेला हतारमा एमसीसी पास गरे’,–‘१२ बुँदे व्याख्यात्मक टिप्पणी भन्दै जनतालाई भ्रमको खेती गरेका छन् । ५ वर्षका लागि आएको यो योजनालाई खवरदारी गर्न आवश्यक छ ।’

संसदमा एमाले सरकारका बेला एमसीसी दर्ता गर्ने प्रक्रियामा गएकै हो । तर, ४ वर्षअघि नै झलनाथ खनाल, माधवकुमार, नेपाल, डा.बाबुराम भट्टराई र माओवादीले सम्झौतामा हस्ताक्षर र पत्रचार गरेको उनको दावी छ ।

एकिकृत समाजवादी पार्टी (एस)लाई नक्कली पार्टीको संज्ञा दिँदै नेता खरेलले एस र माओवादी केन्द्रका कारण कांग्रेसले सुकुमबासीको समस्या समाधान गर्न नसकेको ठोकुवा गरे ।

नेता खरेलले गरीव, विपन्न जनताको प्यारो पार्टी एमाले भएका कारण सबै जनताको आशा पनि एमाले नै भएको धारणा राखेका थिए ।

‘बुढेशकालको सहारा एमाले पार्टी हो’, नेता खरेलले भने– ‘राष्ट्रहित र विकासमा निरन्तर क्रियाशिल एमाले गरिव, विपन्न नागरिकको उन्नति, भलाईका लागि सधैं योगदान गरिरहने छ ।’

एमाले सरकार रहँदा मुलुकमा विकासको लहर छाएको भन्दै नेता खरेलले आगामी निर्वाचनबाट एमाले नै पहिलो र ठुलो पार्टी हुने दावी समेत गरेका छन् ।

कार्यक्रममा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आउँदो चुनावमा सुर्यमा भोट हाल्न तयार हुन आग्रह गरेका छन् । उनले विगतको चुनावमा सुर्यमा भोट हाल्न नपाएको भन्दै आउँदो चुनावमा झापा क्षेत्र नं. ३ का जनताले सुर्यमा मतदान गर्न पाउने बताए ।

कार्यक्रममा करीव एक हजार जना विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ । नवप्रवेशीहरुलाई प्रमुख अतिथि खरेल, केन्द्रीय सदस्य दुर्गा प्रसाई, प्रदेश सांसद बसन्त बाँनिया र झापा अध्यक्ष दिपक कार्की लगायत नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

सोही अवसरमा ज्येष्ठ महिलाहरुलाई ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: