सकियो कला साहित्य उत्सव

  प्रकाशित मिति
१४ फाल्गुन २०७३, शनिबार २२:१८


kala 14काँकडभिट्टा । रिडर्स झापाले अयोजना गरेको तीन दिवसीय कला साहित्य उत्सव २०७३ आज सकिएको छ ।

सामाजिक, राजनीतिक, साहित्य, कला र अन्य विविध विषयमा वहस चलाइएको उत्सवको समापनको दिन राजनीतिज्ञ प्रदीप गिरीको इतिहास, मिथक र राजनीति विषयक सम्भाषण र सञ्चारमाध्यम र उपाख्यानको निर्माण विषयक प्यानल डिस्कसन भएको थियो ।

वरिष्ठ पत्रकार किशोर नेपाल, नारायण वाग्ले र राजेन्द्र महर्जन वक्ता रहेको सो वहसको मोडरेटर पत्रकार राजु अधिकारी रहेका थिए ।
समृद्धिको सपना नामक अर्को सेसनमा सीके लाल र डम्बर खतिवडा वक्ता थिए भने त्यसको मोडरेटर सागर शिवाकोटी रहेका थिए ।
आलोचनात्मक चेतना र वहस विषयक अर्को सेसनमा सञ्जीव उप्रेती, सावित्री गौतम र अशेष घिमिरे वक्ता थिए । भाष्कर गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कविताको राजनीति विषयक सेसनमा राजा पुनियानी, विनोदविक्रम केसी र सरिता तिवारी वक्ता र मनु मञ्जिल मोडरेटर रहेका थिए ।
नेपाली सिनेमाको बदलिदो सूत्र विषयक सेसनमा नवीन सुब्बा, अनुभव अजित र तुलसी घिमिरे वक्ता थिए भने सङ्गीत श्रोता मोडरेटर थिए ।
उमा सुबेदी, सावित्री गौतम, आहुती वक्ता रहेको मायाको शासन नामक अर्को सेसनको सहजीकरण प्रणिका कोयुले गरेकी थिइन् ।

काँकरभिट्टास्थित खानेपानी कार्यालयको सभाहलमा विहीवार सुरु उत्सव तीन दिनसम्म खचाखच दर्शक सहभागितामा भब्य रुपमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: