सकियो च्याऊ खेती तालिम

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार ११:०८


धुलाबारी । सृजनशील महिला समूह मेचीनगर–१ को आयोजनामा भएको च्याउ खेती तालिमको समापन भएको छ ।

मेचीनगर पालिकाको आर्थिक सहयोगमा भएको १५ दिने तालिमको विहिवार समापन भएको हो । तालिममा २० जनाको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण सन्तबहादुर लिम्बूले गरेका थिए ।

समूहकी अध्यक्ष धिरावती लिम्बू (मिरा) को सभापतित्व तथा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बू, एकल महिला शसक्तीकरणकी अध्यक्ष मिरा पोखरेल, त्रिफला पुस्ताकालयका अध्यक्ष प्रेमप्रकाश फलारी, सौभाग्य महिला बचत समूहकी अध्यक्ष कुसुम कोइराला, समाज सुधार महिला समूहकी अध्यक्ष सङ्गिता थापा, निन्दा टोल विकास संस्थाका अध्यक्ष पदम लुइँटेल, प्रशिक्षार्थी इन्दिरा कार्कीलगायतले बोलेका थिए ।
कार्यव्रmमको स्वागत शान्ता गुरुङ र सञ्चालन सहसचिव दिपमाला लिम्बूले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: