सकियो नारी सञ्चार गृहको तालिम

  प्रकाशित मिति
१ असार २०७५, शुक्रबार १७:२७


झापा । नारी सञ्चार गृहले आयोजना गरेको सात दिने खोजमूलक समाचार लेखन तथा सम्पादन तालिम शुक्रवार सकिएको छ ।

मेचीनगर र विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजित तालिममा १८ जना बढीको सहभागिता रहेको थियो ।

गत जेठ २६ गतेदेखि सुरु भएको तालिममा प्रशिक्षार्थीहरुलाई समाचार खोज्न र लेख्न समेत सिकाइएको थियो ।

तालिमको सहजीकरण खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले गरेका थिए ।

विर्तामोडमा सम्पन्न तालिमको प्रमुख अतिथि  नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष बिक्रम  लुईटेलले सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुण्डीत हुने गरी कानून ल्याउन खोजे त्यस्तो कुरा शैय्य नहुने बताएका छन ।

महासंघ अध्यक्ष लुईटेलले प्रदेश सरकारले सञ्चार गृहको दर्ता खारेजी गर्न सक्ने गरी कानून मौस्यौदा गरेकोले त्यसको खुलेर बिरोध गर्ने बताएका छन ।

कार्यक्रममा विशिष्ठ अतिथि विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारामणि सापकोटा, पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष माया गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा प्रशिक्षार्थीको तर्फबाट अच्यूत सुवेदी, कुसुम तामाङ र उर्मिला दाहालले तालिममा अनुभव बताएका थिए ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष भीमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कमिटी सदस्यद्वय तीर्थ सिग्देल, विमल लामिछाने, संस्थाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, फोनिज प्रदेशका अध्यक्ष दिपिन राई, प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेती, झापा टाइम्स डटकमका सम्पादक ज्ञानेन्द्र निरौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: