मेचीनगर, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन् ।
उनले सक्रिय संक्रमित संख्या २५ हजार बढी पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने जनाए । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४१४ छ ।
यस्तै मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरु कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने भएको छ ।
(सेतोपाटी)