सखुवाको काठ र ट्रकसहित एक व्यक्ति पक्राउ

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १९:११



झापा, १० माघ । अबैध रुपमा चोरी गरेर मिनी ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा ९९.५१ कि.वि. सखुवाको काठसहित शनिवार विहान एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित दक्षिणबाट उत्तरतर्फ को १ ख ३०६२ नम्बरको सेतो रंगको मिनी ट्रक प्रयोग गरी काठ लैजाने इलाम नगरपालिका–२ का २१ बर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रकको पछाडिपट्टि क्यारिङको भागमा त्रिपालले छापेर खापा काटेको अवस्थामा चिरान गरेको अबैध सखुवा जातको काठ ल्याउँदै गरेको अवस्थामा उनलाई ताराबारी अस्थायी प्रहरी पोस्टले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

बरामद काठ, ट्रकसहित उनलाई आवश्यक कानुनी कारवाहीका लागि आजै डिभिजन वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: