झापा । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ ।
३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनको प्राकृति सांशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वांग योंगफेंगले बताए ।
यो टिम अप्रिलको सुरुआतमै आधार शिविर पुगेको थियो । उनीहरुले त्यहाँ सगरमाथा आरोहण र हाइ अल्टिच्युड एरियामा कसरी सर्वे गर्ने भन्ने बारेको जानकारी लिएका थिए ।
वांगका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् ।
१९७५ मा सागरमाथाको उचाई ८ हजार ८४८.१३ मिटर र २००५ मा ८ हजार ८४४.४३ मिटर पाइएको थियो ।
हिमालहरुमा हिँउ कम भएकाले सगरमाथाको उचाईबारे बेलाबेला प्रश्न उठ्ने गरेको छ । नेपालले पनि अहिले सगरमाथाको उचाई नापिरहेको छ ।
(अनलाइन खवरबाट)