सगरमाथाको उचाई बढ्यो, भोलि घोषणा हुँदै

  प्रकाशित मिति
२२ मंसिर २०७७, सोमबार ०८:१९


नापी विभागको टोली सगरमाथा आधार शिविरमा ।

झापा, २२ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई कति हो ? अहिलेसम्म यसको उत्तर ८८४८ मिटर मानिदै र पढिदै आएको छ । तर, भोलिदेखि नयाँ उचाई सार्वजनिक हुनेछ, जसलाई विश्वले मान्ने छ ।

सर्वे अफ इन्डियाले ससन् १९५४ मा गरमाथाको उचाई मापन गरेर ८८४८ मिटर भनेको थियो ।

अब नेपाल आफैले मापन गरेको नयाँ उचाई भोलि नेपाल सरकारले औपचारिक रुपमा घोषणा गर्दैछ ।

जानकारी अनुसार सगरमाथाको उचाई केही बढेको छ । कति बढेको हो भन्ने विषयमा भोलि मात्र थाहा हुनेछ ।

सरकारले सगरमाथाको उचाइ घोषणा गर्न नापी विभागको कार्यालय मीनभवनमा कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो ।

यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

सगरमाथाको उचाइ मापन कार्य आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाइ मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर मंसिर १० गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: