सगरमाथाका चालकले चलाउँदैनन् मोवाइल

  प्रकाशित मिति
१ पुष २०७३, शुक्रबार १२:०८


sagarmatha-2

काँकरभिट्टा । यातायातको क्षेत्रमा भर्खरै स्थापना भएको सगरमाथा यातायात प्रालिले सञ्चालनमा ल्याएको वसहरूमा यात्रा गर्ने यात्रुले अन्यत्र कहिँ नपाउने सुविधा पाउन थालेका छन् ।

मेचीनगरका सामाजिक क्षेत्रमा क्रियाशील तथा अनुभवी उद्यमीहरूले केही महिना अघिमात्र सगरमाथा यातायात सञ्चालनमा ल्याएका हुन् ।

यसले काँकरभिट्टाबाट विराटनगर र धरानका लागि ४० सिट भएका ११ वटा आधुनिक बस सेवा सुरु गरेको छ ।

सगरमाथा यातायातका अध्यक्ष खगेन्द्र उप्रेतीले यातायातको क्षेत्रमा जनमुखी काम गर्ने अभिप्रायले आफ्नो कम्पनीले यात्रुको सुविधा र हितलाई प्राथमिकतामा राखेर सेवा सुरु गरेको बताए ।

‘यस्तो पनि सम्भव हुँदोरहेछ’ भनेर अहिले सबैतिरबाट सगरमाथा यातायातले स्यावासी पाएको उनी बताउँछन् । कतिपय यात्रुले यस्तो सुविधा त यूरोपमा मात्र पाइने टिप्पणी गर्न थालेका छन् ।

सगरमाथा यातायातले हरेक वसमा ४ सिट महिला, २ सिट अपाङ्ग र २ सिट ज्येष्ठ नागरिकहरूका लागि आरक्षित गरेको छ । जहाँ आरक्षित बाहेककाले बस्न पाउँदैनन् ।

यातायातले भाडामा ज्येष्ठ नागरिक र अपाङ्गलाई ५० प्रतिशत र विद्यार्थी तथा पत्रकारलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्दै आएको छ ।

हरेक वस नयाँ र आधुनिक सुविधायुक्त छन् । बसको ढोका लगाउन र उघार्न सहचालक चाहिँदैन । आफ्नै सिटमा बसेर चालकले स्वचालित ढोका अपरेटिङ गर्छन् ।

युनिफर्म लगाएका बसका कर्मचारी यात्रुभन्दा अलग्गै चिनिन्छन् । उनीहरूको यात्रुप्रतिको वोली र व्यवहार अत्यन्त मर्यादित र शिष्ट छ ।

गाडीमा सीसी क्यामेरा र यात्रुको मोवाइलमा सिनेमा एवम् गेम आउने गरी डिभाइस (फ्री वाइफाइ) जडान गरिएको छ । लामो दूरीमा यात्रा गर्नेलाई यो भन्दा मज्जा अरु के होला र !

सीसी क्यामेरा भएकाले महिला तथा कुनै पनि यात्रुमाथि कसैले दूव्र्यवहार गर्ने वा ठेलाम्ठेल गर्ने वा पकेटमारले चोर्ने दुष्प्रयास गर्दैन । सिटमा बसेर आफ्नो मोवाइलमा रोजी रोजी हिन्दी, नेपाली र अङ्ग्रेजी सिनेमा हेर्न पाइन्छ ।

तोकिएका स्टेन्डमा मात्र बस रोक्ने भएकाले यसले अढाइ घण्टामा धरान र ३ घण्टामा विराटनगर अनिवार्य रुपमा पुर्याउने गरेको छ । गाडीमा स्टेन्ट चिनाउने डिस्प्ले राखिएको छ ।

गाडीमा छत नराखिएको हुँदा सगरमाथा बसले मालसामान ओसार्ने लोभ गर्दैनन् । निश्चित समयमा चल्ने भएकाले यसले समयलाई महत्व दिने यात्रुको मन जितेको छ ।

यात्रा अवधिभर यस बसका चालकहरूले मोवाइल चलाउन पाउँदैनन् । कम्पनीले नै त्यस्तो नियम लगाइदिएको छ । मोवाइलको प्रयोग बसका कन्डक्टरले मात्र प्रयोग गर्छन् ।

सबैभन्दा खुशीको विषय के छ भने यस बसमा चढ्ने यात्रुले भाडा तिर्दा टिकट पाउँछन् । यसो भएकाले भाडाको किचकिच पनि हुँदैन । हरेक यात्रुको ५ लाख रुपैयाँको दुर्घटना विमा गरिएको छ ।

कम्पनीका अध्यक्ष उप्रेतीका अनुसार यात्रुलाई माथि उल्लेख भएका सुविधा दिने विषयमा कम्पनी र सरकारको सम्बद्ध निकायविच सम्झौता नै भएको छ । यी सुविधा दिएको विषयमा सरकारी निकायले पनि नियमित अनुगमन गरिरहेको छ ।

झ्ट्ट हेर्दा साझा वस जस्ता देखिने सगरमाथा यातायातका बसले सेवा सुरु गरे पछि त्यसबाट प्रभावित भएर यात्रुहरू ‘यस्तो पो हुनु पर्छ यातायात सेवा’ भन्न थालेका छन् ।

सगरमाथा बस सेवाको उद्घाटन गर्न आएका तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल उद्घाटन अवसरमै सुविधाका कुरा सुनेर अचम्भित भएका थिए । उनले त्यसबेला भनेका थिए–‘यात्रुलाई यो पनि र त्यो पनि सुविधा दिने भनेर त भन्नु भयो, सम्भव होला त ?’ तर कम्पनीले वाचा गरेका सबै सुविधा यात्रुलाई दिइरहेको अध्यक्ष उप्रेती बताउँछन् ।

कम्पनीमा हाल ११ वटा मात्र गाडी रहेको र निकट भविष्यमै थपेर ३३ वटा पुर्याइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: