सङ्क्रमित क्षेत्रमा स्वास्थ्य समाग्री बोकेर एकाविहानै पुगिन् मन्त्री

  प्रकाशित मिति
१० जेष्ठ २०७७, शनिबार १०:३४


मेचीनगर, १० जेठ । प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले जिल्लाको संक्रमित क्षेत्र कचनकबलको क्वारेन्टाइन निरीक्षण गर्नुका साथै विभिन्न प्रकारका स्वास्थ्य सुरक्षण सामग्री दिएकी छन् ।

लक्ष्मी प्रसाद देवकोटा मावि क्वारेन्टाइनमा शनिवार विहान ७ बजे पुगेकी मन्त्री गजमेरले क्वारेन्टाइनमा बस्नेका लागि १०० थान स्यानिटाइजर र ५०० थान मास्क दिएकी छन् भने स्वास्थ्यकर्मीका लागि २० सेट पीपीई र ३ थान थर्मोमिटर गन दिएकी छन् ।

उनले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई भेटेर १०० थान एन ९५ मास्क झापाका पत्रकारहरुका लागि दिएकी छन् ।

विराटनगरबाट शनिवार सबेरै झापा आएकी राज्यमन्त्री गजमेरले सीमाबाट भित्रिने नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने, उनीहरुलाई उचित खाने बस्ने सुविधा दिने र कोरोना परीक्षण गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताइन् ।

भौतिक दूरी कायम गर्दै मन्त्री गजमेरले क्वारेन्टाइनको निरीक्षण गरेकी थिइन् भने प्रदेश सांसद् बसन्त बानियाँलगायत स्थानीय जनप्रतिनिधिहरुले कचनकबलमा कोरोनाका कारण उत्पन्न समस्या बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: