सङ्क्रमित चढेको बस हाँकेका भद्रपुरका मेयर सेल्फ क्वारेन्टाइनमा

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार ११:५३


भद्रपुर, २४ जेठ । कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिहरु चढेको सवारी साधन हाँकेको कारण भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

शुक्रवार फेसबुकमा स्टाटस लेख्दै नगरप्रमुख श्रेष्ठले सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव आएपछि बस्ने निर्णय गरेको जनाए ।

उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको र कोरोना पोजेटिभ व्यक्तिलाई नछोएको समेत जानकारी दिएका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका लागि अति व्यस्त रहँदै खटिने गरेका नगरप्रमुख श्रेष्ठले बुधवार कलबलगुढी क्वारेन्टाइनबाट भद्रपुरका २ जना र कचनकबलका एक जनासँग बस यात्रा गरेका थिए ।

स्रोतका अनुसार कोरोना पुष्टि नभएको रिपोर्ट आएको ठानी नगरप्रमुख श्रेष्ठले उनीहरुलाई आफैले हाँकेको बस चढाएर घर पुर्याएका थिए ।

तर, विहीवार ती तीनै जना व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । त्यसपछि नगरप्रमुख श्रेष्ठ झसङ्ग भएका थिए ।

नगरप्रमुख श्रेष्ठले स्वास्थ्य शाखाबाट जानकारी दिँदा त्रुटी भएको कारण ती व्यक्तिहरुलाई क्वारेन्टाइनबाट घर लगिएको प्रष्टिकरण दिदै आएका छन् ।

नगरप्रमुख श्रेष्ठले बस हाँक्दा सङ्क्रमितलाई नछोएको दावी गरेका छन् । उनी अहिले चन्द्रगढीस्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: