‘सङ्गठन’का सबै पदमा निर्विरोध

  प्रकाशित मिति
१२ मंसिर २०७३, आईतवार ०९:०१


nijamat

 

भद्रपुर । नेपाल निजामती कर्मचारी सङ्गठन झापाको दशौँ अधिवेशनबाट आगामी ३ वर्षका लागि नयाँ कार्य समिति, केन्द्रीय प्रतिनिधि र लेखा आयोग निर्विरोध निर्वाचित भएको छ ।

कार्य समितिको अध्यक्ष पदमा केदार पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनी सङ्गठनको पूर्व जिल्ला अध्यक्ष हुन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका ज्ञानेन्द्रप्रसाद भण्डारीले पोखरेललाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा निर्विरोध चयन भएको हो ।

सबै पदका थुप्रै आकांक्षीहरूले शनिवार दिउँसो उम्मेद्वारी दर्ता गरे पनि नेतृत्व तहबाट सहमतिको प्रयास हुँदा साँझतिर मात्र निर्विरोध चयन भएको थियो ।

समितिको उपाध्यक्ष पदमा निरोज कट्टेल निर्विरोध निर्वाचित भएका छन् । उनी निवर्तमान सचिव हुन् । सचिव पदमा उम्मेदवारी दिएका रुद्रबहादुर न्यौपानेले सहमतिमा उम्मेदवारी फिर्ता लिएका थिए ।

महिला उपाध्यक्ष पदमा सानुमाया श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षकी उम्मेद्वार ज्ञानु बस्नेतले श्रेष्ठलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

सचिव पदमा तेजप्रसाद रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सोही पदमा उम्मेदवारी दर्ता गरेका ईश्वरीकुमार पौडेलले अन्तिममा आएर उम्मेदवारी फिर्ता लिएका थिए ।

सहसचिव पदमा दिपक सापकोटा निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्ष पदमा मनोज तिम्सिना निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका मुकुन्द शिवाकोटीले सहमतिमा आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।
जिल्ला समिति सदस्यमा आदिवासी जनजातितर्फ राजनारायण श्रेष्ठ, दलिततर्फ निरज दर्नाल र मधेशीतर्फ देवकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा महिला कोटाबाट देवका गौतम, नर्वदा तिम्सिना, रमा खतिवडा, सीता गुरागाइँ र सीता भण्डारी निर्विरोध चयन भएका छन् ।

खुला कोटाबाट जिल्ला सदस्यमा लालप्रसाद सापकोटा, रामचन्द्र मिश्र, प्रविण दाहाल, चन्द्रप्रसाद रिजाल, केशव अधिकारी र धनराज यादव निर्विरोध चयन भएका छन् ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा खुल्लातर्फ ज्ञानेन्द्र भण्डारी, रामप्रसाद पोखरेल, दिलबहादुर भुजेल र घनेन्द्रप्रसाद ढकाल निर्विरोध चयन भएका छन् भने महिलातर्फ केन्द्रीय प्रतिनिधिमा विपला चापागाइँ र सहकारीतर्फ खडानन्द गुरागाइँ निर्विरोध चयन भए ।

लेखा आयोगको संयोजकमा नरेन्द्र खतिवडा र सदस्यमा अशोक काफ्ले र ईश्वरी पौडेल निर्विरोध चयन भएका छन् ।
सङ्गठनको अधिवेशन केन्द्रीय अध्यक्ष मोहनप्रसाद घिमिरेको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद गुरागाइँको सभापतित्वमा आइतवार जिविस हलमा उद्घाटन भएको थियो ।

उद्घाटन अवसरमा पेशागत महासङ्घका देवराज कार्की, सङ्गठनकी केन्द्रीय सदस्य जानुका गुरागाइँ, स्थानीय विकास अधिकारी खेमराज ओझा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजक तुलसीनारायण निरौलाले शनिवार साँझै नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

शपथग्रहण कार्यक्रममा देवराज कार्की, लक्ष्मीप्रसाद गुरागाइँ लगायतले मन्तब्य व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रतिबद्धता मन्तब्य सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: