सङ्गीतकार योञ्जनको उपचार हुँदै

  प्रकाशित मिति
३१ भाद्र २०७३, शुक्रबार ११:५०


20160915_182802

बिर्तामोड । सङ्गीतकार फुर्वा योञ्जन सिकिस्त बिरामी परेका छन् । नेपाली सङ्गीत आकाशमा पूर्वबाट जग बसाल्ने कार्यमा लामो समयदेखि सक्रिय योञ्जन करिब डेढ सातायता बिरामी परेका हुन् ।

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचाररत ५७ वर्षीय योञ्जनलाई उच्च रक्तचाप, युरिक एसिट र मधुमेह रोगबाट पीडित योञ्जनको फोक्सोमा पानी जमेको छ । गरामनीस्थित दुर्गा उच्च माविका प्राचार्य कृष्णप्रसाद पाठकका अनुसार सङ्गीतकर्मी योञ्जनको पेटमा पानी जमेर गम्भीर भएपछि केही शुभचिन्तक र सहकर्मीले अस्पताल पु¥याएका हुन् । बिर्तामोडस्थित जात्रुबारीमा डेरा गरी बस्ने सङ्गीतकार योञ्जनले धेरै विद्यार्थीलाई सङ्गीत सिकाएका छन् ।

दार्जीलिङमा जन्मिएका योञ्जन वि.सं. २०३८ सालमा नेपाल आएर सङ्गीत साधनामा लागिरहेका छन् । विकास चौधरी, नारायण सुबेदी, कमला सुबेदी सापकोटा जस्ता कहलिएका सङ्गीतकर्मीका गुरु हुन् योञ्जन । छोरीहरुको हेरचाहमा उपचार गराइरहेका योञ्जनलाई विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन् ।

हार्मोनियम, तबला, भायलन, म्यान्डोलियम आदिमा कुशल योञ्जनको उपचारमा सहयोग जुटाउन प्राचार्य कृष्णप्रसाद पाठक, शिक्षासेवी खिलप्रसाद शिवाकोटी, भीष्म उप्रेती, काजी बुढाथोकी भीष्म न्यौपाने लगायतको अगुवाईमा आर्थिक सङ्कलन भइरहेको छ ।

गरामनीस्थित दुर्गा उच्च माविका दृष्टिविहीन विद्यार्थीलाई सङ्गीतमा पारङ्गत बनाएका योञ्जनले लिटल फ्लावर्स अङ्ग्रेजी स्कूल, बाल्मिकी, टाबर टेम्पल आदि स्कूलमा सङ्गीत शिक्षककै रुपमा काम गरिसकेका छन् । योञ्जनकी छोरी रिङसाङले स्वास्थ्यमा सुधार आउने आशा व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: