सङ्घको अध्यक्षमा नवराज

  प्रकाशित मिति
८ पुष २०७२, बुधबार १५:०८


paneru
भद्रपुर । झापा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भद्रपुरका युवा व्यवसायी नवराज पनेरु (राजु) अत्यधिक मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

उनी बुधवार भएको निर्वाचनमा १८१ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका निकटतम् प्रतिष्पर्धी उम्मेदवार बुधवारेका गोविन्द पौडेलले १२१ मत ल्याएका छन् । पौडेलको भन्दा पनेरुले ६० मत बढी पाएका हुन् ।

अध्यक्षमा विजयी पनेरु यस अघि सङ्घको वरिष्ठ उपाध्यक्ष थिए । उनलाई व्यावसायिक क्षेत्रमा प्रष्ट वक्ता र जुझारु नेता मानिन्छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा पृथ्वीनगरका कालीचरण बस्नेत भारी मतले बिजयी भएका छन् । उनले १५३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी चारआलीका लालबहादुर थेबेले ९४ मत र सतासीधामका मोहन सुवेदीले ५३ मत ल्याएका छन् । थेबेको भन्दा बस्नेतले ५९ मत बढी ल्याएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विजयी बस्नेत यस अघि सङ्घको महासचिव थिए ।

महासचिव पदमा लोकतन्त्र पोस्टका समाचारदाता समेत रहेका भद्रपुरका युवा व्यवसायी पङ्कज शर्मा विजयी भएका छन् । उनले १५५ मत ल्याएका छन् ।

महासचिवका अर्का उम्मेदवार भद्रपुरकै इन्द्रकान्त झाले १३४ मत ल्याएका छन् ।
३ सिटको महिला सदस्यमा सविना बजगाई (२१३), सुनिता ओली(२२७)र पार्वती ताजपुरिया(१६२)बिजयी भएका छन् । सो पदमा सीता ढकाल(१३२)र लक्ष्मी रसायली(९३)पनि उम्मेदवार थिए ।

यसैगरी, ५ सिट रहेको खुला सदस्यमा रमेश पराजुली (२०४), टेकनाथ ढुङ्गाना (१९९), भोजराज शर्मा सेढाइ(१७१), प्रज्ज्वल राई (१६०) र खड्गबहादुर लिम्बु (१५८)विजयी भएका छन् ।

सङ्घको २३ सदस्यीय जिल्ला नेतृत्वका लागि भएको निर्वाचनमा ५ सिटमा मङ्गलवार निर्विरोध चयन भएको थियो भने १८ सिटमा बुधवार मतदान भएको थियो ।

विहान ९ बजे सुरु भएको मतदान दिउँसो २ बजे सकिएको थियो ।
निर्वाचन समितिले राति ८ बजे मतगणनाको अन्तिम परिणाम घोषणा गरेको थियो । कूल मतदाता ३२१ जनामध्ये ३१५ मत खसेको थियो ।
नवनिर्वाचित अध्यक्ष पनेरुले चुनाव जितेपछि लोकतन्त्र पोस्टसँगको प्रतिव्रिmयामा सबैलाई समेटेर नयाँ भिजन र प्लानका साथ सङ्घलाई हाँक्ने बताए ।

उनले निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यबाद दिदै आफुमा जिम्मेवारी बढेको अनुभूति भएको बताए । निर्वाचन लोकतान्त्रिक प्रव्रिmया भएकोले यसमा कसैको पनि हार नहुने उल्लेख गर्दै अध्यक्ष पनेरुले निकटतम प्रतिष्पर्धी गोविन्द पौडेल अग्रज व्यक्तित्व भएकाले उनको सल्लाह र सुझाव आफ्ना लागि मूल्यवान हुने बताएका छन् ।
……………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: