सङ्घीयताको अभ्यास

  प्रकाशित मिति
२५ चैत्र २०७२, बिहीबार ०२:३४


राजनीतिक दलहरू बिचको असहमतिका कारण संविधान कार्यान्वयनमा चुनौती देखिएको छ । संविधान जारी भएको ६ महिना बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । संविधानका कतिपय विषय विवादमा छन् । ती विवादित मुद्दालाई बसेर हल गर्नुपर्छ । संविधान संशोधन गरेर अघि बढ्ने आधारहरू प्रशस्त छन् । यद्यपि कतिपय दलहरू संविधान विरोधी गतिविधिमा समय खर्चिरहेका छन् । यो विडम्बनापूर्ण छ । आपसी सहमतिमा विवादित मुद्दालाई हल गरी संविधान कार्यान्वयनमा जुट्नुको विकल्प छैन । संविधानलाई अक्षरस पालना गरी अघि बढ्नु नै दलहरूको हितमा छ । किनकि यसलाई स्वीकार्न सकेमात्र राजनीतिक उपलब्धि हासिल गर्न सकिन्छ ।

संविधान जारी पछि मुलुक सङ्घीय राज्य प्रणालीमा प्रवेश गरेको छ । सङ्घीय राज्य प्रणाली अन्तरगत कतिपय राजनीतिक दलहरूले यसको अभ्यास थालेका छन् । संविधानमा सङ्घीय राज्य रहने स्पष्ट उल्लेख छ । त्यही अनुरुप दलहरूले आफ्ना गतिविधि सुरुवात गरेका हुन् । यसले पनि संविधान कार्यान्वयनमा सहजता थपेको छ । मुख्यतः राजनीतिक दलहरूले संविधानका बारेमा जनतलाई बुझाउन नसकिरहेको अवस्था छ । यसलाई बुझाउन सकियो भने मात्र कार्यान्वयन पक्ष सहज बन्न सक्छ । त्यसैले दलहरूले पार्टीभित्र आफ्ना कार्यकर्ता बिच संविधानको विवादित विषयवस्तुमा घनिभूत छलफल चलाउनु पर्छ । यो गर्न सकेमात्र संविधानप्रतिको भ्रम चिर्न सकिन्छ ।

संविधान देशको मूल कानुन हो । मुलुकको नीति निर्माण गर्न कानुन आवश्यक पर्छ । त्यही भएर संविधानका लागि मुलुकमा थुप्रै बलिदानी भए । ती सङ्घर्षबाट प्राप्त उपलब्धि संविधान जारीपछि मिलेको छ । तर, संस्थागत हुन सकेको छैन । जबसम्म संविधान कार्यान्वयन हुँदैन, तबसम्म लोकतन्त्र पनि संस्थागत हुन सक्दैन । त्यसैले सर्वमान्य संविधान बनाउन सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: