‘सङ्घीय लिम्वुवान पार्टी नेपाल’ विभाजनतिर

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०६:११


?????????????????????????????????????????????????????????

झापा, ४ बैशाख । पूर्वमा क्रियाशील पाँच वटा लिम्बुवान सङ्गठन एकीकृत भएर डेढ वर्ष अघि गठन भएको सङ्घीय लिम्वुवान पार्टी नेपालमा विभाजन देखा परेको छ ।

कुमार लिङ्देनको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सञ्जुहाङ पालुङ्वाको नेतृत्वमा रहेको सङ्घीय लिम्वुवान राज्य परिषद, वीर नेम्वाङको नेतृत्वमा रहेको लिम्वुवान मुक्ति मोर्चा, कमल छाराहाङको नेतृत्वमा रहेको सङ्घीय गणतान्त्रिक मोर्चा र रामभक्त कुरुम्वाङको नेतृत्वमा रहेको लिम्वुवान मुक्ति मोर्चा नेपालविच धरानको भेडेटारमा २०७१ साउन १९ गते एकीकरण भएको थियो ।

एकीकरणपछि गठन भएको सङ्घीय लिम्वुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले विघटित सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई यही चैत १० गते निर्वाचन आयोगमा नवीकरण गराएपछि पार्टीभित्र विवाद देखा परेको हो ।

शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी निर्माण हुनु अघिका तीन सङ्गठनका प्रमुखहरूले पत्रकार सम्मेलन गरी कुमार लिङ्देन अब सङ्घीय लिम्वुवान पार्टी नेपालको अध्यक्ष रहीरहन नसक्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा तत्कालीन सङ्घीय लिम्वुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, तत्कालीन लिम्वुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्वाङ र तत्कालीन सङ्घीय गणतान्त्रिक मोर्चाका अध्यक्ष कमल छाराहाङको उपस्थिति रहेको थियो ।

विघटन भइसकेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई निर्वाचन आयोगमा व्यँुताएर कुमार लिङ्देनले भेडेटारको वृहत्तर लिम्वुवान एकतामा विश्वासघात गरेको सङ्घीय लिम्वुवान पार्टी नेपालका सर्वोच्च नेता कमल छाराहाङले बताए ।

पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङवाले कुमार लिङ्देन दुईवटा पार्टीको अध्यक्ष हुने नसक्ने उल्लेख गर्दै सङ्घीय लिम्वुवान पार्टी नेपाललाई निर्वाचन आयोगमा दर्ता गराएर आफुहरु नयाँ ढङ्गले अगाडि बढ्ने तयारी जुटेको बताए ।

पार्टीका सर्वमान्य नेता वीर नेम्वाङले पार्टीभित्र अध्यक्ष लिङ्देन अल्पमतमा परिसकेकाले केन्द्रीय कमिटीको बैठक नै नबोलाएको आरोप लगाउँदै पटकपटक सचेत गराउँदा समेत नसुध्रिए पछि अब नयाँ ढङ्गले अघि बढ्न आफुहरु बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: