सञ्चार उद्यमी ढुङ्गेल पक्राउ

  प्रकाशित मिति
१८ माघ २०७२, सोमबार ०७:०९


charchit

विर्तामोड । झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पव्रmाउ परेका छन् ।

दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो ।

उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिए । उनले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताए । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ ।

झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।
लाइभ रेडियो नेटवर्क प्रालिको नाममा ढुङ्गेलले एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि उनले ठगी गरेको उजुरी परेको बताइएको छ । ढुङ्गेलले पछिल्लो समय इटहरीको एक एफएममा वार्षिक रु पाँच लाख तिर्ने गरी लिखित सम्झौता गरेर तालिम सञ्चालन गर्न थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: