सञ्चार प्रतिष्ठानमा झापाका काफ्लेसहित चार सदस्य थपिए

  प्रकाशित मिति
१६ माघ २०७७, शुक्रबार २१:३४


झापा, १६ माघ । प्रादेशिक सञ्चार प्रतिष्ठानमा झापाका गोपाल काफ्लेसहित चार जना सदस्य थपिएका छन् ।

प्रदेश सरकारले हालै स्थापना गरेको प्रतिष्ठानमा वरिष्ठ पत्रकार यज्ञ शर्माको नेतृत्व रहेको छ । शर्मा प्रतिष्ठानको कार्यकारी प्रमुखमा नियुक्ति भइसकेका छन् ।

प्रदेश सरकारले झापाका गोपाल काफ्ले, मोरङका महेन्द्र बिष्ट, धरानकी निलिफा सुब्बा र धनकुटाका राजेश्वर श्रेष्ठलाई सदस्यमा मनोनयन गरेको हो ।

प्रदेशको सञ्चार क्षेत्रलाई दक्ष र सक्षम तुल्याउन प्रतिष्ठानले विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: