सञ्जीवनीको पाँच दिने तालिम सकियो

  प्रकाशित मिति
२५ माघ २०७६, शनिबार १६:३०


मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाको आयोजनामा पाँच दिवसीय लेखन तथा उद्घोषण तालिम भएको छ ।

‘समाज परिवर्तनका लागि हाम्रो ध्यान, विषादिरहित कृषि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ धुलाबारीमा मेचीनगर नगरपालिकाको सहयोगमा आयोजित तालिम शनिवार सम्पन्न भएको हो ।

मेचीनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा काफ्ले, धुलाबारी क्याम्पसका अध्यापक लीना भण्डारी, मेचीनगर लेडी जेसीज बर्ष २०१९ की अध्यक्ष मञ्जु खनाल,महालक्ष्मी आमा समूहकी अध्यक्ष पदमा भट्टराई, सहभागीको तर्फबाट मञ्जु राउत, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

होराइजन मल्टि मिडियाको सहजीकरण रहेको तालिममा कवि शिरोमणि माध्यमिक विद्यालय, धुलाबारी माविका विद्यार्थी, विभिन्न संघसंस्थाका महिला प्रतिनिधि सहभागी भएका थिए । उनीहरुलाई कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, दिपेन्द्र पौडेल र पिनाकी कोइरालाले पाँच दिनसम्म कविता लेख्न र मञ्चमा उभिएर बोल्न सक्ने बनाउनुको साथै विषादिरहित खानेकुरा खान अभिप्रेरित गरेका थिए ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीको अध्यक्षमा सम्पन्न कार्यक्रम संस्थाकी सचिव निर्मला काफ्ले सञ्चालन गरेकी थिइन् भने कोषाध्यक्ष पवित्रा दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

सञ्जीवनी महिला विकास संस्थाले महिलाहरुलाई सीप सिकाउने र उनीहरुलाई आत्मनिर्भर बनाउन विगतदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले मेचीनगर नगरका १५ वटै वडामा संस्थाको शाखा खोल्न समेत शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: