सञ्जीवनीको शाखा बाहुनडाँगीमा पनि

  प्रकाशित मिति
१३ जेष्ठ २०७४, शनिबार १८:१४


2धुलाबारी । सञ्जीवनी महिला विकास संस्था धुलाबारीले बाहुनडाँगीमा शाखा विस्तार गरेको छ ।

शनिवार भव्य कार्यक्रमका बीच संस्थाकी अध्यक्ष रेणुका डाँगीले शाखाको उद्घाटन गरेकी हुन् ।

ग्रामीण क्षेत्रका अतिविपन्न महिलालाई रोजगारमा पहुँच पर्याउने तथा महिलाको सशक्तिकरणमा विशेष जोड दिने उद्देश्यले बाहुनडाँगी १ मा शाखा सुरु गरेको अध्यक्ष डाँगीले बताइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी डाँगीले शाखा विस्तारसँगै महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम तत्काल सुरु गर्ने बताइन् । उनले शाखाकी अध्यक्ष सर्मिला चौलागाईलाई ४ वटा सिलाई कटाई गर्ने मेशिन समेत हस्तान्तरण गरेकी छिन् ।

डाँगीले समाज रुपान्तरणमा महिलाको ठूलो योगदान रहने बताउँदै ग्रामीण क्षेत्रका महिलालाई नै लक्षित गरी तत्कालै नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम समेत सञ्चालन गर्ने योजना रहेको बताइन् ।

२०६२ सालमा धुलाबारी क्षेत्रका विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेका महिलाहरु मिलेर स्थापना गरेको संस्थाको २०६६ सालमा जिल्ला प्रशासन कार्यालय झापामा विविधत रुपमा दर्ता गरिएको थियो । ३० जना महिला मिलेर मासिक १ सय रुपैयाँ जम्मा गर्दै आएको संस्थाले २०६७ सालदेखि नै सिलाई बुनाई तालिम केन्द्र सञ्चालन गरेर महिलाहरुलाई सीप सिकाउँदै आएको छ ।

संस्थाले अतिविपन्न वर्गका महिलालाई निःशुल्क रुपमा सीप सिकाउँदै आएको संस्थाकी उपाध्यक्ष खिना खनालले बताइन् । उनले संस्थामा हालसम्ममा ५ बढी महिलालाई सीप सिकाएको र २ सय बढी प्रत्यक्ष रुपमा स्वरोजगार समेत बनेको बताइन् ।

शाखाकी अध्यक्ष सर्मिला चौलागाईको अध्यक्षमा सम्पन्न कार्यक्रममा विशेष अतिथि दीपक भण्डारीले संस्था खोेल्नु मात्र ठूलो कुरा नभएको बताउँदै यसलाई निन्तरता दिन आम बाहुनडाँगीबासी लाग्नु पर्ने बताए । उनले ४ वटा मेशिनबाट सुरु गरेको तालिम केन्द्रले भविष्यमा धेरै महिलालाई स्वरोजगार बनाउने हुँदा महिला आफू पनि दत्तचित्त भएर संस्थामा लाग्न सल्लाह दिएका थिए ।

कार्यक्रममा पत्रकार अम्बिका भण्डारी, स्थानीय समाजसेवी हरि तामाङ, डिकेन्द्र थापा, श्याम लामा, पासाङ लामा लगायतले बोलेका थिए ।
संस्थाकी अध्यक्ष चौलागाईँले एक हप्ताभित्रमा सिलाई बुनाई तालिम सुरु गर्ने बताएकी छिन् । उनले पहिलो कार्यक्रममा १६ जना महिलालाई सिप सिकाउने बताइन् ।

शाखाकी सदस्य तिलजा देवानले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शाखाकी सचिव शारदा विश्वकर्माले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मिना गुरागाई सदस्यहरु मिना डाँगी, गीता धिताल, चन्द्रिका बानियाँ, फुर्मा देवी दाहाललगायतको उपस्थिति थियो ।

 

4 3

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: