सञ्जेलको प्यानलै विजयी

  प्रकाशित मिति
६ मंसिर २०७३, सोमबार ०८:४५


tara-sanjel
अध्यक्षमा विजयी सञ्जेल

विर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा ताराप्रसाद सञ्जेल पुनः निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार छविलाल खतिवडालाई भारी मतान्तरले पराजित गर्दै सञ्जेल विजयी भएका हुन् । सञ्जेल यस अघि अध्यक्ष नै थिए ।

अध्यक्षमा विजयी सञ्जेलले २५०२ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी उम्मेदवार खतिवडाले सम्मानजनक १०६० मत ल्याएका छन् ।
नेतृत्व चयनका लागि सहारा साकोसमा लोकतान्त्रिक निर्वाचनको विधि प्रयोग गरिएको थियो । त्यसका लागि शनिवार चुनाव भएको थियो ।
शनिवारदेखि जारी चुनावको मतगणना आइतवार राति अबेर मात्र सकिएको थियो । चारपानेको टाइमस्क्वाएर प्यालेसमा रातभर मतगणना गरिएको थियो ।

सहारा चुनावमा सञ्जेल नेतृत्वको साझा उम्मेदवारहरूको प्यानल र खतिवडा नेतृत्वको स्वतन्त्र प्यानलविच प्रतिष्पर्धा भएको थियो ।
चुनावमा सञ्जेल नेतृत्वको प्यानलै विजयी भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, ४ महिला सदस्य र १० खुला सदस्य गरी चुनाव भएको १८ पदमै सञ्जेल प्यानलले कब्जा जमाएको छ ।

sahara-logoनिर्वाचन समितिका संयोजक दिपेन्द्र भट्टराईका अनुसार वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला (२९४९), उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली (२९३२) र कोषाध्यक्षमा डम्बरबहादुर देउजा (२७६२) विजयी भएका छन् ।

खतिवडा प्यानलबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएकाहरू क्रमशः भीमप्रसाद सञ्जेल (६१७), गुहेश्वरी कार्की (६२३) र पर्शुराम कठेत (७८७) रहेका छन् ।

चार जना महिला सदस्य पदमा सञ्जेल प्यानलका उम्मेदवारहरू उरादेवी मिश्र (२४६०), चित्रकला ओली (२९०३), यशोदा प्रसाइँ (२८९०) र हरिमाया सिग्देल (२७०२) निर्वाचित भएका छन् ।

खतिवडा प्यानलबाट महिला सदस्य पदमा उम्मेदवार बनेकी शुष्मादेवी पौडेल (१२३५) र भगवती कटुवाल (१४१७) पराजित भएकी छन् ।
१० जनाको खुला सञ्चालक सदस्य पदमा अर्जुनकुमार चुडाल, एकराज गिरी, नरहरि न्यौपाने, नेत्रबहादुर नेपाल, पदमलाल भट्टराई, भीमबहादुर गिरी, मोहनकुमार पोखरेल, शुक्रबहादुर तामाङ, शङ्करप्रसाद रिजाल र हेमराज गिरी निर्वाचित भएका छन् ।

सञ्चालक खुला सदस्यमा उम्मेदवार बनेका इन्द्रबहादुर गिरी, कैलाशपति ओली, खिनमाया खतिवडा, गणेशबहादुर खड्का, प्रेमप्रसाद पौडेल, भिमप्रसाद अधिकारी, रोहिणीप्रसाद गौतम, सागर खनाल, सीताराम लुइँटेल र हरि शर्मा सुबेदी पराजित भएका छन् ।

निर्वाचनमा कूल ४ हजार ९ सय १३ जना मतदाता रहेकोमा ७६ दशमलव १ प्रतिशत अर्थात ३ हजार ७ सय ४३ जनाले मताधिकार प्रयोग गरेका थिए ।

जिल्लाको राजनीतिक वृत्तमा समेत सर्वाधिक चर्चा र चासोका साथ हेरिएको सहारा चुनावमा राजनीतिक दलहरूको समर्थन, समीकरण र प्रतिष्पर्धा भएको थियो ।

महिला उपाध्यक्ष, लेखा समितिका सबै लगायत केही पदमा यस अघि नै निर्विरोध निर्वाचन भइसकेको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ मंसिर ६ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: