सडकबाट घरमा सर्यो गन्धर्व परिवार

  प्रकाशित मिति
२८ माघ २०७२, बिहीबार १३:४३


IMG_1151
झापा, २८ माघ । सडक पेटीमा जिवन गुजारा गरिरहेको लोेकवहादुर गन्धर्व परिवारलाई विहीवार दुई कोठे पक्की घर हस्तान्तरण गरियो ।
रोटरी क्लव विर्तामोडका निवर्तमान अध्यक्ष सुरेश वंशल, समाजसेवी रामकुमार कन्दङ्वा, प्रहरी नायव उपरीक्षक श्याम अधिकारी र सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीलगायतले गन्दर्व परिवारलाई घर भित्र्याए । करिव दुई महिना देखि घर निर्माणमा जुटेको युथ एक्सन नेपाल र त्यसका भोलेन्टियरहरुले संयुक्त रुपमा घरको तालाचावी हस्तान्तरण गरे ।

२५महिना पहिला पूर्व–पश्चिम राजमार्गको वुट्टावारी सडक खण्ड (फुटपाथ) को एउटा मलामी विश्रामालय (चौतारो) मा सुत्केरी भएकी मनकुमारी चेम्जोङ (गन्दर्व) को पीडालाई समेटेर कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो । २० दिनकी सुत्केरीको पीडा समेटिएको समाचारले धेरैको ध्यान खिच्यो । पत्रिकामा समाचार आएपछि स्थानीयले शिशुको न्वारान गरिदिए, ‘कान्तिपुर गन्दर्व’ भनेर ।
सुत्केरीको पीडा पढेर देश – विदेशवाट आर्थिक सहयोग जुटेको थियो । जुटेको १ लाख रुपैया“वाट कान्तिपुरकै अगुवाईमा डेढ वर्ष अघि ५ धुर जमीन खरिद गरिएको थियो, विर्तामोड नगरपालिका ५ वुट्टावारीमा ।

तर, जग्गा भए पनि घर निर्माण हुन नसकेपछि लोकतन्त्र पोस्ट दैनिक र लोकतन्त्र अनलाइन खबरले दुई महिना अघि मात्र ‘कहिले बन्ला यिनको घर’ भनेर समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित पछि युथ एक्सन नामक सामाजिक संस्थाको अगुवाईमा घर निर्माण शुरु भएको थियो गत पुस १ वाट । युथ एक्सनका झापा संयोजक दिपक दास, युवा स्वयमसेवक परिचालक विशाल नेम्वाङ, सदस्यहरु शेर्पा दावा छिरिङ, नारद नेपाललगायत ५० जना स्वयमसेवकहरुले श्रमदान गरेका थिए ।

घर निर्माणका लागि विर्तामोडको रोटरी क्लवले ५० हजार, समाजसेवी रामकुमार कन्दङ्वाले दिवंगत छोरी रञ्जनाको स्मृतिमा २० हजार, निलगिरी हाउजिङका होम पाण्डेले २० हजार, मेची भन्सार कार्यालयले १५ हजार, का“कडभिट्टाका होटल व्यवसायी सजित तामाङले १० हजार, विर्तामोड नगरपालिका र खानेपानी आयोजना विर्तामोडले १०÷१० हजार सहयोग उपलव्ध गराए ।

त्यस्तै सामुहिक हातेमालो सेवा संघ धुलावारीले ८ हजार, गजेन्द्र पौडेलले ७ हजार ८ सय, युवराज काफ्ले, श्यामकृष्ण अधिकारी र प्रेमकुमार भण्डारीले ५÷५ हजार तथा गणेश खनाल र रमेश वरालले १÷१ हजार सहयोग गरे । घर निर्माणमा नगद मात्रै कुल १ लाख ६६ हजार ६ सय १९ रुपैया“ खर्च लाग्यो ।

जिन्सी तर्फ हरियाली सामुदायिक वनले काठ, निर्माण व्यवसायी शेरवहादुर थापाले वालुवा, गिटी, ढुंगा र रोडा, व्यवसायी भीम राईले डेढ सय वटा व्लक, हिमालयान र गोरखकाली सिमेन्ट उद्योगले १५ वोरा सिमेन्ट, युवा व्यवसायी दिपेन्द्र राउतले ंरंगरोगन, कन्चनजंगा सोलार कम्पनीले सोलार जडान, पर्यटन व्यवसायी नेत्र कार्कीले लोवेड, मित्तल प्लाइउडले घरको सिलिङका लागि प्लाइउड, तुलसी मिश्रले कार्पेट, किसन गट्टानीले सिरक, डसना, तन्ना र सिरानी उपलव्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: