सडकमै चाँदी भेटियो

  प्रकाशित मिति
११ फाल्गुन २०७२, मंगलवार ०५:५७


धुलाबारी । मेचीनगरको धुलाबारी बजार सोमवार एक बिहानै हल्ली–खल्ली मच्चियो । बिहान मर्निङ वर्कमा हिँड्ने मान्छेदेखि पसल खोल्ने सम्मका लागि कौतुहलताको विषय बन्यो । धुलाबारीको मध्यबजारमा बाटैभरि चाँदी भेटिएपछि यसको चासो र चर्चाको विषय बन्यो ।

बाटैमा चाँदी देखेपछि धेरैलाई टिप्नको हतारो भयो । धेरैले टिप्न पनि भ्याए । उनीहरू भन्दै थिए, कहाँबाट भयो यो चाँदीको वर्षा ? धुलाबारी शान्तिनगर सडक खण्डमा छरपस्ट चाँदि भेटिएको हो ।

धुलाबारी मोडदेखि बजार सिरान ढकाल चोकसम्म चाँदी छरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीका इन्सिपेक्टर सुवास बुढाथोकीले बताए । उनका अनुसार सबै सुनचाँदी पसल भने सुरक्षित रहेको छन् । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

बिहानै पसल खेल्न पुगेका सुरेशकुमार दासले पसल अगाडि चाँदी देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस्तो अवस्था कसरी भयो भन्ने यकिन हुन नसके पनि कसैले तस्करी गरेर नेपालबाट भारत वा भारतबाट नेपालतिर ल्याइएको हुन सक्ने सर्वसाधारणले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: