सडकले खनेको खाल्डोमा मान्छे डुब्ने त्रास

  प्रकाशित मिति
२६ असार २०७६, बिहीबार २०:४७


चारआली । मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरर्वाहीपूर्वक खनिएका गहिरा खाडलहरु नपुरिदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ ।

केचना–चारआली मार्ग अन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए ।

नालीको नाममा खाडल खनिएको महिनौ भइसक्दा समेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न त खाडल नै पुरिएका छन् । बर्खा लागेसँगै ती खाडल भरिएकाले बालवालिका मात्र होइन ठूलै मान्छे पनि डुब्ने त्रास बढेको स्थानीय पुण्यप्रसाद न्यौपाने बताउँछन् ।

ढल निकासको प्रबन्ध नगरिएको र बर्खामा दुर्घटना बढ्ने सम्भावना बढेको भन्दै स्थानीयवासीले सरकारी निकायसँग तत्काल समस्याकोे समाधान खोज्न माग गरेका छन् ।

पुण्यप्रसाद न्यौपाने (पीपीएन)को नेतृत्वमा सयौं स्थानीयले मेचीनगर नगरपालिको वडा नं. १३ को कार्यालय र डिभिजन सडक कार्यालय विर्तामोडमा माग पत्र पेश गरेका छन् ।

माग पत्रमा नाली खनिएको खाडलमा केटाकेटी डुब्ने अवस्था सिर्जना भएको विषयमा नगरपालिका र सडक कार्यालयको ध्यानाकर्षण गरिएको छ ।

स्थानीय टोल संयोजक हर्कबहादुर भट्टराईले नालीको निर्माण गर्दा सडकको सतहलाई ध्यानमा राख्न समेत माग गरेका छन् । मागपत्रमा सयौं गाउँलेले हस्ताक्षर गरेका छन् ।

यसैविच, चारआलीका सन्तोष न्यौपानेले आफ्नो घर अगाडिको समथर भाग डोजरले खोतलेर पुल लगाउनु पर्ने गरी खाल्डो खनिएकोमा आपत्ति जनाएका छन् ।

‘दिउँसो हामी घरमा थिएनौं’, सामाजिक एवम् राजनीतिक व्यक्तित्व न्यौपानेले घटना सुनाउँदै भने–‘बेलुका पुग्दा त घर पस्ने बाटोमा हात्ती डुब्ने जत्रो खाल्डो खनिएको पायौं ।’

विहान सरासर हिँडेर पुग्न सकिने घरमा बेलुकादेखि पुल लगाउनु परेको न्यौपानेको गुनासो छ । न्यौपाने र उनकै छिमेकीको घर अगाडि मात्र डोजर लगाएर खाल्डो खनिएको देखिन्छ ।

उनले घर अगाडि बर्खाका बेला समस्या हुने गरी खाल्डो खनिएकोमा विरोध जनाउँदै सम्बन्धित निकायमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: