सडक अतिक्रमण हटाउन बल प्रयोग

  प्रकाशित मिति
५ असार २०७३, आईतवार १५:२७


charali (1)

चारआली । सडक तथा वनको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका चारआली सैनिक व्यारेक उत्तर राजमार्ग छेउका एक दर्जन टहरा शनिवार बल प्रयोग गरेर हटाइएको छ ।

दुहागढी–४ को त्यस जग्गामा करीव पाँच बर्ष अघिदेखि सब्जी बजार समेत सञ्चालन हुँदै आएको थियो । सडक विभाग र बन कार्यालयको अनुरोधमा शनिवार विहान प्रहरी र बन रक्षकसहितको फोर्सले त्यहाँका टहरा हटाएको हो ।
बन कार्यालयका रेन्जर राजन राईले बन अतिक्रमण गरी बनाइएका टहरा तथा पसल हटाइएको बताए । उनले प्रगति सामुदायिक बनको क्षेत्रमा रहेका पसललाई आफै हटाउनका लागि सम्बन्धित पसलधनीलाई ३ दिनको म्याद दिइएको जनाए ।

सार्वजनिक शौचालय अगाडिको सब्जी पसल र होटलका बाँसे टहराहरू शनिवार भत्काइएका छन् । कति टहरा पसलधनी आफैले भत्काए भने कतिपय प्रहरीको सहयोगमा भत्काइएको थियो ।

20160618_115507

टहरा उठाउन आउँदा पसलधनीहरूले आपत्ति समेत जनाएका थिए । तर उनीहरूको पक्षमा चारआली बजार व्यवस्थापन समिति, राजनीतिक दल तथा गाउँ विकास समिति कोही पनि थिएनन् ।

बजार व्यवस्थापन समितिका अध्यक्ष कुमार भट्टराईले सडक क्षेत्रका टहरा हटाउन बारम्वार सम्बन्धित पसलधनीसँग आग्रह र छलफल गर्दा सहमतिमा नआएको बताए ।

गाउँ विकास समितिको पहलमा सर्वदलीय छलफल गर्दा समेत सहमतिमा नआएपछि प्रशासनले नै हटाउनु परेको उनको भनाइ छ ।

सार्वजनिक शौचालय रहेको सो स्थानमा सब्जी हटिया बसाउन भने स्थानीय बजार व्यवस्थापन समितिले नै पहल गरेको थियो । जथाभावी फुटपाथमा सब्जी पसल चलाउन थालिए पछि समितिले उनीहरूलाई पाँच वर्ष अघि सो खाली ठाउँमा ल्याएर बसाएको स्थानीयको भनाई छ । बनको जग्गामा पान पसल चलाउँदै आएका मानबहादुर खड्काले पनि ३ दिन भित्रमा पसल हटाइसक्नु पर्ने आदेश पाएका छन् ।

‘हामीले हट्दैनाँै भनेकै छैनाँै’, उनी भन्छन्–‘तर सानोतिनो पसल गरेर परिवारको गुजारा चलाइरहेका गरीवलाई मात्र नउठाउनुहोस् भन्ने हाम्रो भनाई हो ।’

उनका अनुसार बनको जग्गामा त्यही वरपर कतिपयले पक्की संरचना समेत बनाएका छन् । तर प्रशासनले त्यतातर्फ ध्यान दिनै चाहेको छैन ।

बनको खाली क्षेत्रमा वृक्षारोपण गर्ने भए पसल हटाउनु उचित हुने नत्र गरीवको विचल्ली मात्र हुने खड्काको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: