सडक डिभाइडर निर्माण

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार १८:५१


13626531_523964084463011_1792122111981041226_n

गौरादह । सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले गौरादहको डिपु चौकमा मंगलबार सडक डिभाइडर निर्माण गरियोे ।

सडक प्रयोग कर्ताहरुलाई ट्राफिक नियमका बारेमा सैद्घान्तिक रुपमा गौरादह अस्थाई ट्राफिक प्रहरी पोष्टले विभिन्न चेतना मूलक कार्य गर्दै आएको बताउँदै चौकमा गाडीहरुको गतिलाई कम गरी हुन सक्ने दुर्घटनाहरुबाट जोगिएर आफ्नो गन्तव्यतिर लाग्न व्यवहारिक रुपमा सडक डिभाइडर आवश्यक हुने ट्राफिक प्रहरी शंकरप्रसाद यादव बताउँछन् ।

कानुन भन्दा माथि कोही पनि नभएको भन्दै सडक प्रयोग सम्बन्धी चेतना फैलाउन पनि सडक डिभाइडर राख्न संस्थाले सहयोग गरेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मल बाँस्तोला बताउँछन् ।

गौरादह उद्योग वाणिज्य संघले संयोजन गरेको डिभाइडर निर्माण कार्यमा गौरादहका विभिन्न संघ संस्थाहरुको ३६ हजारको लागतमा हाललाई सोह्र ओटा डिभाइडर राखिएको संघका अध्यक्ष डिल्ली काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: